१२ श्रावण २०८३, मंगलवार
,
Latest
प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री किराँतीलाई बर्खास्त गर्न राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले दिएको धर्म सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

किराँतीले ‘क्रिश्चियन धर्म मान्दिन भन्नू संविधानलाई मान्दिन भन्नू हो, संविधान मान्दिन भन्ने देशद्रोही हुन, यदि कसैले देशद्रोही गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हाल्दिने हो’ भन्ने अभिव्यक्तिप्रति संगठनले गम्भीर आपत्ति जनाएको हो ।

अध्यक्ष सुजित केसीले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारका मन्त्री किराँतीले क्रिश्चियन धर्मलाई प्रोत्साहन गर्ने गरि तथा अन्य धर्म र धर्मावलम्बीलाई धम्काउने शैलीमा दिएको अभिव्यक्ति आपत्तिजनक तथा भर्त्सना योग्य रहेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी हिन्दु युवा सबै धर्मलाई सम्मान गर्छौँ तर क्रिश्चियन धर्मलाई मान्दैनौँ, यदि हामीले क्रिश्चियन धर्मलाई नमानेकै कारण देशद्रोही हो भने हतकडी लगाएर जेल हाल्नसमेत मन्त्री किराँतीलाई चुनौती दिन चाहान्छौं ।’

कानुनको उल्लंघन गर्दै अभिव्यक्ति दिने मन्त्री किराँतीलाई तत्काल बर्खास्त गरि विद्यमान कानुन बमोजिम कारबाही गर्न यस संगठन नेपाल सरकारका प्रधानमन्त्री, गृहमन्त्री तथा प्रहरी प्रशासनलाई जोडदार माग समेत गरिएको छ ।