१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा



अ+ अ-

महेन्द्रनगर।  कञ्चनपुर प्रहरीले अवैध काठ र ढुङ्गा  ओसार्ने ट्याक्टर नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो दोधारा– चाँदनी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकैबाट १८ क्युफिट पाँच गोलिया काठ बरामद गरिएको हो ।

त्यसैगरी, प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अवैध रूपमा ढुङ्गा ओसारपसार गर्ने एउटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार कृष्णपुर नगरपालिका–१ स्थित ओदाली खोलाबाट अवैध रुपमा ढुङ्गा निकाली ल्याउँदै गरेको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

ट्याक्टर चालक कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका पुष्कर चौधरी र प्रकाश चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि शुक्लाफाँटा नगरपालिका कार्यालय बुझाइएको कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । रासस