२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडभान्स बुकिङमा प्रभासको ‘सालार’ले शाहरुखको ‘डंकी’लाई उछिन्यो



अ+ अ-

एजेन्सी । एडभान्स बुकिङमा दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘सालार’ले शाहरुख खानको फिल्म ‘डंकी’लाई उछिनेको छ । ‘सालार’ आगामी डिसेम्बर २२ रिलिज हुँदैछ भने ‘डंकी ‘२१ तारीखबाट रिलिज हुँदैछ । यी दुवै फिल्मको एडभान्स बुकिङ सुरु भइसकेको छ ।

‘सालार’ले एडभान्स बुकिङमा भारु २ करोड ४० लाख भन्दा धेरै कमाएर ‘डंकी’लाई पछाडि पारेको छ । यसअघि ‘डंकी’ले ‘सालार’लाई उछिनेको थियो । तर भारतीय सिनेमाजमा ‘डंकी’को तुलनामा ‘सालार’लाई कम शोज दिइएको छ ।

अहिलेसम्म एडभान्स बुकिङबाट ‘सालार’ले १२ करोड ६७ लाख भारु कमाईसकेको छ । ६ हजार ४३९ शोजका लागि फिल्मले ५ लाख ७७ हजार ४०६ ओटा टिकट बिक्रि भईसकेको छ । अर्कोतर्फ ‘डंकी’को एडभान्स बुकिङ १० करोड २६ लाख भारु छ । १२ हजार ६०८ शोजका लागि ‘डंकी’को ३ लाख ६० हजार ५०८ ओटा मात्रै टिकट बिक्री भएको छ ।

‘सालार’ फिल्मका निर्देशक ‘केजीएफ’ फेम प्रशान्त नील हुन् । यस फिल्ममा फ्यानले उनको विद्रोही अवतार एकपटक फेरि हेर्न पाउनेछन् । सालार तेलुगु, तमिल, हिन्दी, मलयालम र कन्नड भाषामा रिलिज हुँदैछ । यस्तै, राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ भारतमा हिन्दी भाषामा मात्रै रिलिज हुनेछ ।