२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेश भट्टराईको आरोप: सरकारले बिखण्डनकारी गतिविधिलाई नियन्त्रणमा लिन चाहेको छैन



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सरकारले बिखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाउनुभएको छ ।

कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुकका बिखण्डनकारी गतिविधि गर्न लागेकाहरुलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार कानमा तेल हालेर बसेको उहाँको जिकिर थियो । मंगलवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै सचिव भट्टराईले मुलुकमा देखिएको बिखण्डनकारी गतिविधिलाई तत्काल नियन्त्रणमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सचेत गराउनु भयो । उहाँले कोशी प्रदेशतर्फ संकेत गर्दै एमालेले पहिचानको नाममा बिखण्डनकारी गतिविधि गर्नेहरुको प्रतिरोध गर्ने बताउनु भयो । कोशी प्रदेशको नाम बदल्नुपर्छ भन्नेहरुलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुसार संवाद गर्ने सचिव भट्टराईको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अब यी विगतका कुरा हुन् । विगतका सानातिना, मसिना कुराहरुलाई ल्याएर ठूलो अतिरञ्जना गर्नुपर्ने आवश्यकता छैन । हिजो कतिपय पहिचान भन्ने साथीहरुमा कन्फ्युजन थियो । हामी जब ओलखढुंगादेखि फिदिमहुँदै चिवाभञ्ज्याङसम्म कार्यक्रम गर्‍यौं । एउटा कार्यक्रममा २० औं हजारसम्म मानिसहरु सहभागी भए । भनेपछि त्यहाँ हामी दशौं कार्यक्रम भयो । भनेपछि त्यो ठाउँमा झन्डै ४/५ लाख मान्छे त प्रत्यक्ष हामीसँग कुरा गर्न आउनु भयो, आम सभामा आउनुभयो भनेपछि त्यहाँ नेकपा एमाले नै बलियो छ नि । नेकपा एमालेकै वर्चश्व छ भन्ने कुरा स्पष्ट छ । दोस्रो कुरा मैले अघि पनि भने–पहिचान भित्रका दुुई वटा प्रवृत्ति हामीले छुट्टयाएर हेर्छौं । जो बिखण्डकारी छन् । तिनीहरुसँग हाम्रो कुराकानी हुँदैन । त्यो राज्यले डिल गरोस् । कसरी गर्र्छ, प्रचण्डले डिल गर्नुहुन्छ । त्यो सरकारको काम हो नि । राज्य भनेपछि आज सरकारमा को छ ? उहाँको होइन । उहाँ मज्जाले कानमा तेल होलर बस्ने त होइन नि । यत्रो कुरा उठिराखेको छ । के हो त ? सम्बोधन गर्नुपर्‍यो नि त । के गर्ने भनेर । अर्को एमाले एउटा अपोजिशनको हिसावले प्रमुख दल हुनुको नाताले हामीले सकारात्मक साथीहरुसित, सकारात्मक व्यक्तिहरुसित जो पहिचान पक्षधर हुनुहुन्छ । र कोशी प्रदेशमा नाम बदल्नुपर्छ भनेर पोजेटिभली नै छलफल गरिरहनुभएको छ । उहाँहरुसँग हाम्रो संवाद हुन्छ । जो निषेधकारी छन्, उनीहरुसँग संवाद हुँदैन । तिनीहरुसँग प्रतिरोध हुन्छ ।’

सचिव भट्टराईले कोशी प्रदेशमा पनि एमालेको वर्चश्व रहेको कुरा पार्टीको समृद्धिका लागि संकल्प यात्राले पनि पुष्टि गरेको बताउनु भयो ।