२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाल)ेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताउनुभएको छ ।

एमाले विशेष सङ्गठन कमिटीद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका रहेका औद्योगिक राष्ट्रबाट हिमाली मुलुक नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिनुभयो ।

“विकसित देशहरुले ठूलाठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढी भई वातावरण परिवर्तन भइरहेको र त्यसको मार नेपालजस्ता विकाशिल देशहरुमा परेको छ । त्यसबाट हिमाली मुलुक नेपाल प्रभावित भई बर्सेनि ठूलो धनजनको नोक्सान बेहोर्नुपरेको छ”, महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले पार्टीका नेता तथा जनसङ्गठनहरु बाढी गएसँगै प्रभावित क्षेत्रमा पुगी उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राखेर अहोरात्र खटेको बताउनुभयो । रासस