२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा नयाँ नियम लागु, अब ब्याट्सम्यान र बलरबीच कडा प्रतिस्पर्धा हुने



अ+ अ-

एजेन्सी । अन्ततः त्यो दिन आयो जसको क्रिकेट फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए । आईपीएल २०२४ को लिलामी आज दुबईमा हुँदैछ । यस्तो अवस्थामा अब आईपीएलमा ठूलो परिवर्तन भएको छ ।

आईपीएलमा खेलको रोमाञ्चकता बढाउन यो नयाँ नियम लागू गरिएको हो । आईपीएल २०२४ मा अब फास्ट बलरहरूले प्रति ओभर दुईवटा बाउन्सर बलिङ गर्न पाउनेछन् । ब्याट र बलबीचको प्रतिस्पर्धालाई बराबरी बनाउन यो पहल गरिएको हो ।

यो परिवर्तन भारतको घरेलु टी२० प्रतियोगिता २०२३(२४ सैयद मुश्ताक अली ट्रफीमा परिक्षण गरिएको थियो । यसैबीच अनुभवी खेलाडी जयदेव उनाडकटले यो परिवर्तनको स्वागत गरेका छन् । उनादकटले एक ओभरमा दुई बाउन्सर धेरै उपयोगी रहेको र बलरलाई ब्याट्सम्यान भन्दा बढी फाइदा दिने उनको भनाई छ ।

फास्ट बलरसँग डेथ ओभरमा थप विकल्प हुने उनले बताएका छन् । अब योर्कर, स्लो बल र बाउन्सर हुनेछन् । गत वर्ष आईपीएलमा नयाँ नियम इम्प्याक्ट प्लेयर नियम लागू गरिएको थियो ।

आईपीएल २०२४ मार्च २२ देखि मे को अन्त्य सम्म सुरु हुने सम्भावना छ । आईपीएलको खेल तालिका भने सार्वजनिक भएको छैन । भारतमा पनि अर्को वर्ष चुनाव हुन लागेको छ र यस्तो अवस्थामा निर्वाचन आयोगले मिति घोषणा गरेपछि मात्रै कार्यतालिका घोषणा हुने बताइएको छ ।