२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेस्टुरेन्टमा अज्ञात समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाको उत्तर–पश्चिम प्रान्तको रुस्टेनबर्गमा शनिबार राति रेस्टुरेन्ट सेवा लिइरहेका नौ जनालाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

उक्त आक्रमणमा परी अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयअनुसार शनिबार राति सवा नौ बजे रुस्टेनबर्गबाहिर बोइतेकोङस्थित पोपो मोलेफे अनौपचारिक बस्तीको रेस्टुरेन्टमा सेवा लिइरहेका पाँच पुरुष र चार महिलाको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरी प्रशासनले एक विज्ञप्ति जारी गरी भनेको छ, “प्रारम्भिक जानकारीअनुसार झोसा बोल्ने व्यक्तिहरूको समूह रेस्टुरेन्टको एउटा टेबलमा मध्यपान गरिरहेका समय केही सङ्ख्यामा आएका सेसोथो–भाषी संदिग्धहरूले रेष्टुरेन्टका सेवाग्राहीमाथि गोली चलाएका थिए । आक्रमणमा आठ जनाको घटनास्थलमा र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।”

उक्त आक्रमणमा परी अन्य आठ जना घाइते भएको प्रहरीले जनाएको छ । झोसा र सेसोथो दुवै बान्टु भाषाहरू हुन् ।

प्रहरीका अनुसार आक्रमणकारी घटनास्थलबाट तत्काल भागेकोले उनीहरूको खोजी भइरहेको छ । हत्याको कारण थाहा नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।