२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेस्टुरेन्टमा अज्ञात समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाको उत्तर–पश्चिम प्रान्तको रुस्टेनबर्गमा शनिबार राति रेस्टुरेन्ट सेवा लिइरहेका नौ जनालाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

उक्त आक्रमणमा परी अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयअनुसार शनिबार राति सवा नौ बजे रुस्टेनबर्गबाहिर बोइतेकोङस्थित पोपो मोलेफे अनौपचारिक बस्तीको रेस्टुरेन्टमा सेवा लिइरहेका पाँच पुरुष र चार महिलाको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरी प्रशासनले एक विज्ञप्ति जारी गरी भनेको छ, “प्रारम्भिक जानकारीअनुसार झोसा बोल्ने व्यक्तिहरूको समूह रेस्टुरेन्टको एउटा टेबलमा मध्यपान गरिरहेका समय केही सङ्ख्यामा आएका सेसोथो–भाषी संदिग्धहरूले रेष्टुरेन्टका सेवाग्राहीमाथि गोली चलाएका थिए । आक्रमणमा आठ जनाको घटनास्थलमा र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।”

उक्त आक्रमणमा परी अन्य आठ जना घाइते भएको प्रहरीले जनाएको छ । झोसा र सेसोथो दुवै बान्टु भाषाहरू हुन् ।

प्रहरीका अनुसार आक्रमणकारी घटनास्थलबाट तत्काल भागेकोले उनीहरूको खोजी भइरहेको छ । हत्याको कारण थाहा नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




भर्खरै