एजेन्सी । भारत र इंग्ल्याण्डबीचको एकदिवसीय सिरीजको अन्तिम तथा निर्णायक खेल महाराष्ट्र क्रिकेट एसोसियशनको मैदानमा हुँदैछ ।
इंग्ल्याण्डले टस जितेर पहिले बलिङ रोजेको छ । दुबै टिमले १-१ खेलाडी परिवर्तन गरेका छन् । इंग्लिस कप्तान जोस बटलरले टम करनको स्थानमा मार्क वुडलाई मौका दिएका छन् । यस्तै भारतीय कप्तान विराट कोहलीले स्पिनर कुलदीप यादवको ठाउँमा फास्ट बलर नटराजनलाई मौका दिएका छन् ।
कप्तानको रुपमा कोहलीको २०० औं अन्तर्राष्ट्रिय म्याच
कप्तानको रुपमा कोहलीले तीन ढाँचा (टेस्ट, वनडे र टी-२० ) मिलाएर २०० औं अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । यो उपलब्धि हासिल गर्ने उनी आठौं कप्तान हुन् । अर्का भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनी ३३२ खेलमा कप्तानी गर्ने विश्वमै पहिलो खेलाडी रहेका छन् ।