१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र दान्भीको ट्रिजर सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र दान्भीको ट्रिजर सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रिजर सार्वजनिक भएको हो । चलचित्रको निर्देशन रुपेश तामाङ हुनुहुन्छ भने फिल्ममा कथा रविना थापा मगरको छ भने पटकथा तथा संवाद संजोग रानाको छ ।

फिल्ममा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । अनुप गदाल र देव मगरको लगानीमा तयार भइरहेको यो फिल्ममा कमला लिम्बू र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन् । फिल्म ‘दान्भी’को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री पूजा शर्माले दान्भीलाई सबैले मन पराउनेमा विश्वस्त रहेको र दान्भीलाई सफल बनाइदिन आग्रह गर्नुभयो । उहाँले दान्भी एक्शन चलचित्र रहेकाले आगामी दिनमा आफू एक्शन फिल्मका लागि स्क्रिप्ट तयार गरेको र निर्माण गर्ने इच्छा रहेको बताउनु भयो ।

फिल्ममा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरेका छन् ।