६ आश्विन २०८१, आईतवार
,
Latest
ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् ऐतिहासिक रजत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय संसदको भुमिकालाई प्रभावकारी बनाउनुपर्छ: सभामुख घिमिरे



file photo
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको भुमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भुमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले संसदको गरिमा कायम राख्दै संसदको भुमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले संसदको सन्दर्भमा विगतमा भएका बिडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभुतिहरुलाई आफूले गम्भिरताका साथ लिएको बताउनु भयो । उहाँले संसदको गरिमालाई उच्च राख्नका संघीय संसद सचिवालयले संविधानले व्यवस्था गरे अनुरुपको काम गर्नुपर्ने बताउनु भयो । उहाँले संसदलाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट दायित्व र जिम्मेवारीहरु पूरा गर्नुपर्ने बताउनु भयो । उहाँले आर्थिक अवस्था कमजोर हुँदा संघीय संसद सचिवालयले चाहेजस्तो काम गर्न नसकेकोतर्फ इंकित गर्दै मुख्य समस्या आर्थिक समस्या मात्रै नभएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘म सेवा छुट्टै नभएको बेलाको यहाँको एउटा सहभागि हुँ । त्यतिबेला यो सभाको आकर्षण धेरै हिसावले राम्रो थियो । खासगरी आर्थिक हिसावबाट आकर्षण राम्रो थियो । तर देशको हालत के थियो ? म यो अवसरमा त्यो देशको हालत के थियो र त्यतिबेला आर्थिक रुपबाट आकर्षण कसरी थियो ? यतातिर फर्केर हेर्नुपर्छ भनेर म एउटा सांसदको नाताले पनि तपाईहरुलाई भन्छु र अहिले सभामुखको नाताले पनि म त्यसलाई भन्न चाहन्छु । हामी यस्ता कुराहरु प्रति नीति बनाउँदा, नीतिलाई कार्यान्वयन गर्दा हाम्रो सर्वोच्च विधायिका संस्था संसदले सरकारलाई निर्देशित गर्दा, सरकारको कामहरुको अनुगमन गर्दा र सरकारलाई चाहिएको ऐनहरु बनाउँदा यि कुराहरु प्रति गम्भिर भएर हामीले छलफल गरिरहेका छौँ कि छैनौँ ? तदनुकुलको आचरण र व्यवहारहरु गर्नको लागि हामीले मेहनत गरिरहेका छौँ कि छैनौँ ? त्यसो गर्नका लागि व्यवस्थापनले दिनुपर्ने ध्यान दिइरहेको छ कि छैन ? आजको दिनमा यि कुराहरु पनि सोच्नुपर्छ भन्ने मलाई लाग्छ ।’

‘हाम्रो गाउँघरमा उखान हुन्छ – म पछार्न त पछार्ने थिएँ, तर मलाई खुट्टै टेक्न दिइएन । हामी गर्न त धेरै गथ्र्यौ तर हाम्रो आर्थिक स्थिति नै कमजोर भयो । तर यो समस्याको समाधान गर्न नसकिने कुरा छैन । र मुख्य समस्या त्यो हो जस्तो लाग्दैन । मुख्य समस्या भनेको शक्ति पृथकिकरणको सिद्धान्त मात्रै होइन, विश्वव्यापी रुपमै संसदको भुमिका के हुन्छ ? संसदको गरिमा कसरी राख्न सकिन्छ ? संसदलाई कसरी प्रभावकारी पार्न सकिन्छ ? यसको विषयमा विगतका दिनहरुदेखि अहिलेसम्म आइपुग्दाखेरी हामीले बिडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभुतिहरु गर्नुपर्ने कुरालाई मैले पनि गम्भिरतासाथ लिएको छु । यसलाई अन्त्य गर्नका लागि, यसको गरिमालाई उच्च राख्नको लागि यसको प्रभावलाई प्रभावकारिताका साथ सम्पन्न गर्नको लागि, स्थायी रुपमा काम गरिरहेको सचिवालय जो संविधानको धारा १०७ ले व्यवस्था गरेको छ र तदनुकुलका कानूनहरु बनेको छन् । संघीय संसदको सचिवालयलाई प्रभावकारी पार्नको लागि के–के गर्नुपर्छ ? विगतका अनुभवहरु लिँदै राम्रा कामहरु गर्नको लागि के–के गर्नुपर्छ ? त्यसमा क–कसको के–के दायित्व छ ? यो सबै कुराहरुमा हामी जिम्मेवारीका साथ अगाडी बढौँ ।’

सभामुख घिमिरेले संघीय संसद सचिवालयका कर्मचारीहरुले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई सहयोग पुर्‍याउनुपर्ने पनि बताउनु भयो ।