२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमण बढेपछि भारतको महाराष्ट्रमा रात्रिकालीन कर्फ्यू घोषणा



अ+ अ-

एजेन्सी । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढेपछि छिमेकी राष्ट्र भारतको महाराष्ट्र राज्यमा आज (आइतबार)देखि रात्रीकालिन कर्फ्यू घोषणा गरिएको छ । 

भारतको मुख्य शहरमध्येको एक मानिने मुम्बईमा बितेको २४ घण्टामा हालसम्मकै धेरै ६ हजार एकसय २३ संक्रमित भेटिएपछि यस्तो निर्णय गरिएको हो । कम्तिमा अप्रिल १५ सम्म जारी रहने यो नियम रातको ८ बजेदेखि बिहानको ७ बजेसम्म लागू हुनेछ ।

उक्त समयमा बगैंचा, समुन्द्रि किनारलगायतका सर्वजनिक स्थलमा पाँच जनाभन्दा बढी मानिस भेला हुन समेत रोक लगाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यो नियम होटल, पब, रेष्टुरेन्ट, सिनेमा हल र सपिङ मलमा समेत लागू हुने बताइएको छ भने नियम उल्लंघन गर्नेलाई १००० भारतीय रुपैयाँ जरिवाना गरिने समाचारमा जनाइएको छ ।भारतमा हिजो (शनिबार) मात्र ६२ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको थियो । दैनिक संक्रमितको यो संख्या नोभेम्बरयताकै धेरै रहेको छ । 

अनुदान र व्यापारिक हिसाबले हालसम्म ७७ देशमा ६ करोड १० लाख डोज खोप निर्यात गरेको भारतमा हालसम्म कुल जनसंख्याको ४ प्रतिशत ले मात्र खोप प्राप्त गरेको बताइएको छ ।