• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

काँग्रेसकै नेताहरु मिसन ८४ कुर्न सक्दैनौँ भनिरहेका छन्: ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरु आजित भएको दाबी गर्नुभएको छ ।

बिहीवार महाकाली—मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्तामा रहेका काँग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गर्नुभयो । उहाँले काँग्रेसका नेताहरु अहिले नै वि.सं. २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको उल्लेख गर्नुभयो । उहाँले मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको बताउनु भयो । उहाँले देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले परिकल्पना गरेको नै समृद्ध नेपाल र सुखी नेपाली हो । समृद्ध नेपाल र सुखी नेपाली बनाउने सन्दर्भमा हामीले मिसन ०८४ भनेका छौँ । त्यो मिसन ८४ जनताको मिसन ८४ हो । नेकपा एमालेले भनेको, नेकपा एमालेले नेतृत्व गरेको हो । तर मिसन ०८४ नेपालको मिसन ०८४ हो । नेपालीको हो । यो देशमा एउटा राष्ट्रिय शक्ति मजबुत भएन भने, यो देशमा सुशासन र विकासको पक्षमा जनशक्ति भएन भने, शान्ति सुव्यवस्थासम्बन्धी कायम गर्न र एकतावद्ध भएर राष्ट्रनिर्माणको कामलाई एकतावद्ध बनाउन सकेनौँ भने देश बर्बाद हुँदैछ ।’

‘दिनदिनै देश ओराले लागिरहेको छ । नेकपा एमालेको सरकार बलजफ्ती देशी, विदेशी शक्तिबाट ढाइ वर्षअघि हटाइएपछि त्यस यता देशको अवस्था अत्यन्त नाजुक हुँदै गएको छ । यो अवस्थालाई रोकेर नेपाली काँग्रेसकै नेताहरु पनि भन्न थाल्नुभएको छ, मिसन ०८४ पर्खिन सकिँदैन भनेर । किनभने नेपाली काँग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर । सबैमा चिन्ता छाएको छ । तसर्थ हामीले अब समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि अन्ततो गत्वा पनि मिसन ०८४ लाई सफल पार्नैपर्छ ।’

अध्यक्ष ओलीले दिनदिनै देश ओरालो लागिरहेको जिकिर गर्नुभयो ।