७ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस् ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठदेखि लाइसेन्सको परीक्षा खुकुलो हुने



अ+ अ-

काठमाडौं । यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब परीक्षार्थीले ७० अंकसम्म मात्र ल्याए पनि लाइसेन्स दिने गरी मूल्यांकनको आधार बनाइएको छ ।

विभागले गत पुस अन्तिम साता सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७ बनाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो । उक्त कार्यविधिलाई मन्त्रालयले स्वीकृत गरेको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । ‘मन्त्रालयले स्वीकृति दिएसँगै जेठ १ गतेदेखि नयाँ मापदण्डअनुसार परीक्षा सञ्चालन गर्नेगरी तयारी अघि बढाएका छौं,’ उनले भने ।

विभागले विभिन्न ८ चरणमा लाइसेन्सका लागि परीक्षा लिने गरेको छ । यसअघि उक्त चरणमा कुनै पनि एक गल्ती भएमा उक्त व्यक्ति लाइसेन्सका लागि अयोग्य भएको मानिन्थ्यो । तर, नयाँ मापदण्डअनुसार विभागले मूल्यांकनका लागि अंक विभाजन गरेको छ । विभागका अनुसार घुमाउरो आठ बनाउने चरणमा २० पूर्णांक रहेकोमा एकपटकसम्म अंकित रेखामा छोएमा र भुइँमा खुट्टा टेकेमा क्रमशः ५/५ अंक मात्र घटाइनेछ । युटर्न इन्डिकेटर लाइट र ट्राफिक संकेतको पालना नगरेमा यसबाट पाइने जम्मै पूर्णांक अर्थात् क्रमशः १० र १५ अंक काटिनेछ । उबडखाबड चरणमा एकपटकसम्म भुइँमा टेकेमा र सवारी स्टार्ट बन्द भएमा ५/५ अंक काटिनेछ ।

अस्वाभाविक रूपमा सवारी चलाएमा र ब्रेक, टायर तथा ऐनाको निरीक्षण नगरेमा ३र३ अंक अनि हेल्मेटको लक नलगाएमा ४ अंक काट्नेगरी अंक विभाजन गरिएको छ । विभागले उकालोमा २० र साँघुरो फलेक चरणमा १० अंक राखेको छ । यसमा गल्ती भएमा जम्मै अंक काटिनेछ । यीमध्येबाट चालकले कुल गरी ७० अंक मात्र प्राप्त गरे पनि सवारी चालक अनुमतिपत्रका लागि योग्य ठहरिने विभागका प्रवक्ता भुसालले बताए । आजको आर्थिक अभियान दैनिकमा छ । 




भर्खरै