६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिममा आर्सनलको अविश्वसनीय जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले रोमाञ्चक जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा आर्सनलले लुटन टाउनलाई उसकै मैदानमा ४–३ गोलले पराजित गरेको हो ।

आर्सनलको जितमा डेक्लान राइस नायक बने । उनले अन्तिम समयमा गोल गर्दै आर्सनललाई उद्धार गरे । निर्धारित ९० मिनेटको समयमा थप ६ मिनेट समय थपिएको थियो । त्यसको पनि अन्तिममा आर्सनललाई अन्तिम अवसर थियो । कप्तान मार्टिन ओडेगार्डले क्रस गरेको बलमा उनले हेडरमार्फत गोल गरे ।

त्यसअघि खेलको २० औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा गाब्रियल ओशोले गोल गर्दै लुटनलाई १–१ गोलको बराबरीमा ल्याए ।

४५ औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै आर्सनललाई २–१ गोलले अघि बढाए । यता ४९ औं मिनेटमा एलिजा अडेबायोले गोल गर्दै लुटनलाई २–२ गोलको बराबरीमा ल्याए । यता, ५७ औं मिनेटमा रोस बार्कलीले गोल गर्दै घरेलु टोली लुटनलाई ३–२ ले अघि बढाए ।

६० औं मिनेटमा काई हाभेट्र्जको गोलबाट आर्सनलले खेलमा ३–३ को बराबरी गर्यो । त्यसपछि अन्तिम समयमा राइसले गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए ।

योसँगै आर्सनलले १५ खेलबाट ३६ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलको १४ खेलबाट ३१ अंक छ । पराजित लुटन भने १५ खेलबाट ९ अंकका साथ १७ औं स्थानमा छ ।