८ भाद्र २०८३, सोमबार
,
Latest
चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिममा आर्सनलको अविश्वसनीय जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले रोमाञ्चक जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा आर्सनलले लुटन टाउनलाई उसकै मैदानमा ४–३ गोलले पराजित गरेको हो ।

आर्सनलको जितमा डेक्लान राइस नायक बने । उनले अन्तिम समयमा गोल गर्दै आर्सनललाई उद्धार गरे । निर्धारित ९० मिनेटको समयमा थप ६ मिनेट समय थपिएको थियो । त्यसको पनि अन्तिममा आर्सनललाई अन्तिम अवसर थियो । कप्तान मार्टिन ओडेगार्डले क्रस गरेको बलमा उनले हेडरमार्फत गोल गरे ।

त्यसअघि खेलको २० औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा गाब्रियल ओशोले गोल गर्दै लुटनलाई १–१ गोलको बराबरीमा ल्याए ।

४५ औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै आर्सनललाई २–१ गोलले अघि बढाए । यता ४९ औं मिनेटमा एलिजा अडेबायोले गोल गर्दै लुटनलाई २–२ गोलको बराबरीमा ल्याए । यता, ५७ औं मिनेटमा रोस बार्कलीले गोल गर्दै घरेलु टोली लुटनलाई ३–२ ले अघि बढाए ।

६० औं मिनेटमा काई हाभेट्र्जको गोलबाट आर्सनलले खेलमा ३–३ को बराबरी गर्यो । त्यसपछि अन्तिम समयमा राइसले गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए ।

योसँगै आर्सनलले १५ खेलबाट ३६ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलको १४ खेलबाट ३१ अंक छ । पराजित लुटन भने १५ खेलबाट ९ अंकका साथ १७ औं स्थानमा छ ।