३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियाली सैनिक विमान सम्पर्कबाहिर



अ+ अ-

काठमाडौं । नाइजेरियाली सेनाको ‘अल्फा जेट’ विमानको ‘राडर’सँग सम्पर्क विच्छेद भएको त्यहाँको वायुसेनाले बिहीबार पुष्टि गरेको छ ।

उक्त विमान स्थानीय समय अनुसार साँझ ५ बजेर ८ मिनेट जाँदा राडरसँगको सम्पर्कभन्दा बाहिर गएको नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड गाब्वेटले पुष्टि गर्नुभएको छ ।

विमान नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट सम्पर्कबाहिर पुगेको उहाँले बताउनुभयो । समाचार तयार पार्दासम्म विमानमा कति यात्रु रहेका थिए भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन । 

विमान एक्कासी सम्पर्कबाहिर गएकोले कतिपय नाइजेरियाली सञ्चारमाध्यमले विमान दुर्घटनाग्रस्त भएको आशङ्का व्यक्त गरेका छन् । 

विमान रहेको ठाँउ वा सम्पर्क गुमेको सम्भावनाको कारण अझै पत्ता लगाइ नसकिएको बताउँदै यसबारे थप सूचना आउँदासाथ जानकारी गराइने प्रवक्ता गाब्वेटले जानकारी गराउनुभयो ।

विमानले उत्तरपूर्वमा चलिरहेको विद्रोह नियन्त्रणका लागि खटिएको सैनिक समूहको बन्दोवस्तीका सामान लिएर गएको उहाँले बताउनुभयो । उहाँले विमानको खोज र उद्धार प्रयास जारी रहेको बताउनुभयो ।  रासस