९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा छुट्याउने पिलर आँगनमा



अ+ अ-

सिरहा । सिरहा नगरपालिका–२० गदियानीमा ज्ञानी मुखियाको घर छ । उनको आँगनमै सीमा स्तम्भ छ । यो नेपाल–भारत सीमा छुट्याउने २८ नम्बरको पिलर हो। मुखिया भारतको लगडी गाउँका हुन्।उनको घर पिलरदेखि भारतपट्टि पर्छ भने गाईगोरु नेपालतिर बाँध्ने गर्छन्। दशगजा क्षेत्रमा पुर्खादेखि बस्दै आएकाले यहाँ बस्न नहुनेबारे आफँलाई थाहा नभएको उनले बताए । 

‘पहिले दशगजा ऐलानी पर्ती थियो। सीमा जोडिएका खेतवालाले बिस्तारै मास्दै गए,’ नेपालतर्फको गदियानी गाउँका ६७ वर्षीय राजेन्द्र यादवले भने, ‘अब त सीमामा पिलर देखिन्छ, दशगजा देखिँदैन । दुवैतिरका बासिन्दाले पाएसम्म मिचेका छन्।’ उनका अनुसार दशगजा मिचिएको ठाउँमा केहीले खेती गरका छन् भने केहीले स–साना टहरा बनाएर पसल खोलेका छन् । सिरहाको लगडी–गदियानीस्थित दशगजा क्षेत्र अतिक्रमण गरी भारतीय नागरिकले बस्ती नै बसालेका छन्। 

सो ठाउँमा २ सय ५० भारतीय परिवारको बसोबास छ । उक्त बस्ती भारतको पदमा ग्राम पञ्चायतको वडा नम्बर ४ लगडी गाउँ हो। भारतीय नागरिक जयनारायण मुखियाले आफ्ना पूर्वजले नै दशगजा क्षेत्रमा बसोबास गर्दै आएको बताए । आजको कान्तिपुर दैनिकमा छ ।