१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगः झापा एफसी र काठमाडौँ रेजर्स भिड्दै



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज झापा एफसी र काठमाडौँ रेजर्सबीच खेल हुँदैछ ।

यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

साविक विजेता काठमाडौंले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा चितवन एफसीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

झापाको कुरा गर्दा पहिलो खेलमा पोखरा थन्डर्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको झापा दोस्रो खेलमा भने स्पोर्टिङ इलामसँग १–० गोलले स्तब्ध बनेको थियो ।

दुई खेलबाट ४ अंकसहित काठमाडौं अंकतालिकाको चौंथो स्थानमा छ भने झापा समान खेलबाट १ अंकका साथ आठौं स्थानमा छ ।