२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

नाडाको ५० वर्ष : सवारी आयातदेखि स्वदेशी उत्पादनसम्मको यात्रा

नाडाको ५० वर्ष : सवारी आयातदेखि स्वदेशी उत्पादनसम्मको यात्रा
अ अ+ अ-

काठमाडाैँ । नेपालमा अटोमोबाइल क्षेत्रले पछिल्लो पाँच दशकमा उल्लेख्य विस्तार गरेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि सन् १९७७ मा नेपालमा वर्षभरिमा ८०१ वटा नयाँ सवारीसाधन दर्ता भएका थिए । अहिले देशभर करिब ५५ लाख सवारीसाधन दर्ता छन् । नयाँ दर्ता हुने सवारीसाधनमध्ये करिब ८४ प्रतिशत मोटरसाइकल रहेका छन् ।

नाडाका अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा नेपालले करिब ४ खर्ब ७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा अटोमोबाइलसँग सम्बन्धित सामग्री आयात गरेको छ । यसबाट करिब ३ खर्ब ५१ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । पछिल्लो एक आर्थिक वर्षमा मात्रै अटोमोबाइल क्षेत्रले राज्यलाई ७५ अर्ब रुपैयाँभन्दा बढी राजस्व योगदान गरेको जनाएको छ ।

अटोमोबाइल क्षेत्रको योगदान राजस्वमा मात्र सीमित नभएको नाडाको भनाइ छ । देशभर फैलिएको डिलर सञ्जाल, पार्ट्स तथा आफ्टरमार्केट आपूर्ति शृंखला, दक्ष मेकानिक तथा सर्भिस टेक्निसियन, अटो फाइनान्स, सवारी बीमा र उत्सर्जन, सुरक्षा तथा करसम्बन्धी नीतिमा सरकारसँग हुने निरन्तर संवादले यस क्षेत्रलाई उद्योगका रूपमा स्थापित गर्न योगदान गरेको छ ।

नाडाले पछिल्ला वर्षमा नेपालको अटोमोबाइल क्षेत्रमा स्वदेशी उत्पादन तथा एसेम्ब्लीको सम्भावना पनि बढ्दै गएको जनाएको छ । नाडाको स्वर्ण जयन्ती संस्करणमा आयोजना हुने ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियनमा नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ ।

प्याभिलियनमा करिब आठ नेपाली उत्पादकको सहभागिता रहने बताइएको छ । सहभागी हुने उत्पादकमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट र हेल्मेट उत्पादन गर्ने कम्पनीहरू रहेका छन् । यात्री, एसियन ब्याट्रिज, कोहिनूर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका कम्पनीको सहभागिता रहने नाडाले जनाएको छ । यद्यपि अन्तिम सूची भने नाडा सचिवालयबाट पुष्टि हुन बाँकी छ ।

करिब दुई सय स्टल रहने प्रदर्शनीमा स्वदेशी उत्पादनको हिस्सा हाल सानो भए पनि यसलाई नेपाली अटोमोबाइल उद्योगको परिवर्तनको संकेतका रूपमा नाडाले लिएको छ । नेपाल अझै पूर्णरूपमा अटोमोबाइल उत्पादक मुलुक बनिनसकेको भए पनि विगतमा पूर्णतः आयातमा निर्भर रहेको क्षेत्रमा अहिले स्वदेशमै उत्पादन तथा एसेम्ब्ली सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको नाडाको भनाइ छ ।

नेपालको अटोमोबाइल बजारमा सुजुकी र टाटाजस्ता अन्तर्राष्ट्रिय ब्राण्डको पनि लामो समयदेखिको उपस्थिति छ । दशकौंदेखि नेपाली सडकमा रहेका यस्ता ब्राण्डसँगको सम्बन्धका कारण कतिपय परिवारले तीन पुस्तासम्म एउटै डिलरबाट सवारीसाधन खरिद गर्ने अवस्था बनेको नाडाले जनाएको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपाल अब सवारीसाधन आयात गर्ने देशमा मात्र सीमित नरहेको बताउनुभएको छ । उहाँका अनुसार नेपाल क्रमशः आत्मनिर्भरता र स्वदेशी उद्योगतर्फ अघि बढिरहेको छ ।

“हामीले दिन खोजेको सन्देश यही हो—नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित छैन । हामी बिस्तारै आत्मनिर्भरता र स्वदेशी उद्योगतर्फ बढिरहेका छौं,” अध्यक्ष उप्रेतीले भन्नुभयो ।

पचास वर्षअघि नेपालमा सवारीसाधन आयात गर्ने व्यवसायीको प्रतिनिधित्व गर्ने उद्देश्यले स्थापना भएको नाडाले अहिले सवारीसाधन आयातसँगै एसेम्ब्ली, वित्तीय सेवा, बीमा, सर्भिसिङ, पार्ट्स आपूर्ति तथा क्रमशः स्वदेशी उत्पादनको क्षेत्रमा समेत विस्तार भइरहेको अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्दै आएको जनाएको छ ।

नाडाका अनुसार स्वर्ण जयन्ती केवल संस्थाको जन्मोत्सव मात्र नभई विगत पाँच दशकमा नेपालको अटोमोबाइल क्षेत्रमा आएको परिवर्तन र देशको आर्थिक तथा औद्योगिक यात्रामा यस क्षेत्रले खेलेको भूमिकालाई प्रतिबिम्बित गर्ने अवसरसमेत हो ।