२८ असार २०८३, आईतवार
,
Latest
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार सुनिश्चित हुनुपर्छः सचेतक परियार बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द ‘नेपाली भाषाको विकास र विस्तारमा भानुभक्त आचार्यको योगदान महत्वपूर्ण’ बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, हजारौँ विस्थापित राप्तीमा बेपत्ता एक जनाको शव फेला इरानमा अमेरिकी र इरानद्वारा खाडी राष्ट्रहरुमाथि आक्रमण, स्थिति झनै गम्भीर गोदावरी नदीबाट एक जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगः झापा एफसी र काठमाडौँ रेजर्स भिड्दै



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज झापा एफसी र काठमाडौँ रेजर्सबीच खेल हुँदैछ ।

यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

साविक विजेता काठमाडौंले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा चितवन एफसीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

झापाको कुरा गर्दा पहिलो खेलमा पोखरा थन्डर्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको झापा दोस्रो खेलमा भने स्पोर्टिङ इलामसँग १–० गोलले स्तब्ध बनेको थियो ।

दुई खेलबाट ४ अंकसहित काठमाडौं अंकतालिकाको चौंथो स्थानमा छ भने झापा समान खेलबाट १ अंकका साथ आठौं स्थानमा छ ।