७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश सरकारले ३० वटा विद्युतीय बस खरिद गर्दै



अ+ अ-

काठमाडौं । बागमती प्रदेश सरकारले बहुप्रतिक्षित विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी साधन चार्जर खरिद गर्न अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको हो । वातावरणमैत्री विद्युतीय बस खरिद प्रक्रिया चालू आर्थिक वर्षमा सुरु गरी आगामी वर्षको पुस–माघमा बस आइसक्ने छ ।

प्रदेश सरकारको अघिल्ला आर्थिक वर्षमा नै विद्युतीय बस सञ्चालन गर्ने नीति र कार्यक्रममा घोषणा गरिए पनि बोर्ड गठन र खरिद प्रक्रियामा भएको ढिलाइले बस खरिद र सञ्चालनमा ढिलाइ भएको थियो । बोर्डको निर्देशक जगदीशचन्द ढुङ्गानाले ३० वटा विद्युतीय बस र १५ वटा चार्जर खरिदका लागि ४५ दिनको म्याद राखेर ग्लोबल टेन्डर आह्वान गरिएको बताए ।

उनका अनुसार ८.५ मिटर देखि ९.४ मिटर लम्बाइको कोच सिटी मिनी बस १० वटा र १०.५ मिटर लम्बाइको सिटी मिनी बस २० वटा खरिद योजना रहेको जानकारी दिँदै चार्जर खरिदसँगै चार्जिङ सेन्टरको पूर्वाधार निर्माणलाई अगाडि बढाइने बताए ।

हेटौँडामा दुईदेखि पाँच, भरतपुरमा दुई र सातदेखि १० वटा काठमाडौँमा चार्जिङ सेन्टर राख्ने योजना रहेको छ । चार्जिङ स्टेसनका लागि हेटौँडा र भरतपुरमा जग्गा उपलब्ध भइसकेको र काठमाडौँमा जग्गा खोजी भइरहेको छ । यस्तै विद्युतीय कारहरूलाई समेत सुविधा दिने गरी धादिङको कुरिनटारदेखि गल्छीबीचमा चार्जिङ स्टेसन निर्माण गरिने भएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।