२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

बागमती प्रदेश सरकारले ३० वटा विद्युतीय बस खरिद गर्दै

बागमती प्रदेश सरकारले ३० वटा विद्युतीय बस खरिद गर्दै
अ अ+ अ-

काठमाडौं । बागमती प्रदेश सरकारले बहुप्रतिक्षित विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी साधन चार्जर खरिद गर्न अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको हो । वातावरणमैत्री विद्युतीय बस खरिद प्रक्रिया चालू आर्थिक वर्षमा सुरु गरी आगामी वर्षको पुस–माघमा बस आइसक्ने छ ।

प्रदेश सरकारको अघिल्ला आर्थिक वर्षमा नै विद्युतीय बस सञ्चालन गर्ने नीति र कार्यक्रममा घोषणा गरिए पनि बोर्ड गठन र खरिद प्रक्रियामा भएको ढिलाइले बस खरिद र सञ्चालनमा ढिलाइ भएको थियो । बोर्डको निर्देशक जगदीशचन्द ढुङ्गानाले ३० वटा विद्युतीय बस र १५ वटा चार्जर खरिदका लागि ४५ दिनको म्याद राखेर ग्लोबल टेन्डर आह्वान गरिएको बताए ।

उनका अनुसार ८.५ मिटर देखि ९.४ मिटर लम्बाइको कोच सिटी मिनी बस १० वटा र १०.५ मिटर लम्बाइको सिटी मिनी बस २० वटा खरिद योजना रहेको जानकारी दिँदै चार्जर खरिदसँगै चार्जिङ सेन्टरको पूर्वाधार निर्माणलाई अगाडि बढाइने बताए ।

हेटौँडामा दुईदेखि पाँच, भरतपुरमा दुई र सातदेखि १० वटा काठमाडौँमा चार्जिङ सेन्टर राख्ने योजना रहेको छ । चार्जिङ स्टेसनका लागि हेटौँडा र भरतपुरमा जग्गा उपलब्ध भइसकेको र काठमाडौँमा जग्गा खोजी भइरहेको छ । यस्तै विद्युतीय कारहरूलाई समेत सुविधा दिने गरी धादिङको कुरिनटारदेखि गल्छीबीचमा चार्जिङ स्टेसन निर्माण गरिने भएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।