९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तलाक माग्दा एसिड



अ+ अ-

काठमाडौं । श्रीमानको झैंझगडा गर्ने बानीबाट दिक्क भएर २१ वर्षीया आरती साहले अघिल्लो वर्ष फागुनमै तलाक मागिन्। मुद्दा लिएर अदालत पनि गइन्। कोरोना महामारीका कारण लकडाउन भयो र मुद्दा अघि बढ्न सकेन। तर, उनका श्रीमान सञ्जीवकुमार साह एक्कासि कात्तिक २९ गते बिहान जानकीनगरस्थित डेरामा आइपुगे। तब आरतीको शरीरमा एसिड छ्यापेर भागे। एसिडले आरतीको आधा शरीर जल्यो।

एउटा आँखा कामै नलाग्ने भयो। मुख, हात र घाँटीमा गहिरो घाउ लाग्यो। उनलाई अहिले असह्य पीडा छ। औषधि, राम्रो उपचार र पौष्टिक खानपानको आवश्यकता छ। तर, आर्थिक विपन्नताका कारण तीन वर्षकी छोरी रियासहित छाक टार्नै धौधौ देखिएको छ। तीन महिनाभन्दा बढी उपचारपछि जनकपुर फर्किएकी आरतीलाई चिकित्सकले निरन्तर औषधोपचारको आवश्यकता रहेको बताएका छन्। तर, गरिबीले ग्रस्त उनको परिवारले उपचारलाई निरन्तरता दिन सक्ने अवस्था देखिँदैन।

‘उनको उपचार, खानपान र रेखदेखमा लाखौं रुपैयाँ खर्चेर अहिले ऋणमा डुबेको छु’, बुवा सुबोधले भने, ‘अहिले भाडाको घरमा दुई हजार रुपैयाँ छुट्टै तिरेर छोरी र नातिनीलाई राखेको छु। त्यसमाथि खानपिन र औषधि जोड्न साह्रै अप्ठ्यारो भएको छ।’ प्रदेश २ सरकारले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आरतीलाई मधेस भवनमा बोलाएर सम्मान गर्‍यो। तर, उनको उपचार वा जीवनयापनका लागि कुनै सहयोग नगरेको सुबोधले बताए। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।