२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

भूकम्प प्रभावित ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न

भूकम्प प्रभावित ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न
अ अ+ अ-

म्याग्दी । म्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । पछिल्लो पाँच वर्षको अवधिमा म्याग्दीमा ५६ वटा विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना प्रमुख तुलाराज चौलागाईले हालसम्म २२ वटा दुई कोठे, नौ वटा तीन कोठे र २५ वटा चार कोठे भवनको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिनुभयो । 

“चालू आर्थिक वर्ष २०७७/७८ मा ३७ वटा चार कोठे, तीन वटा तीन कोठे, १० वटा दुई कोठे भवन निर्माणाधीन अवस्थामा छन्”, उहाँले भन्नुभयो, “२२ वटा शौचालय र दुई वटा खानेपानी आयोजनाको निर्माण सकिएको छ । २८ शौचालय र २५ खानेपानीका योजना निर्माणाधीन अवस्थामा छन् ।” उहाँका अनुसार कक्षाकोठा भवन पुनःनिर्माणमा रु २८ करोड ७४ लाख ६५ हजार १५३ खर्च भएको छ । यसैगरी शौचालयमा रु तीन करोड ६४ लाख, ६१ हजार ९२ र खानेपानी आयोजना निर्माणमा रु ५७ लाख ५० हजार ८२० खर्च भएको छ । 

भूकम्पले क्षति पुगेका १०५ विद्यालयका ३४४ कक्षाकोठामध्ये १७१ को निर्माण सम्पन्न भइसकेका छन् भने १७३ कक्षाकोठाको निर्माण अन्तिम चरणमा पुगेका छन् । कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ । सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महसुस गरेका रितुङ माबी, रघुगङ्गा–८, घ्याँसीखर्कका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले बताउनुभयो । 

प्राधिकरणले चार कोठे भवनलाई रु ७० लाख ४० हजार, तीन कोठेलाई रु ३५ लाख ८० हजार, दुई कोठेलाई रु २३ लाख ९० हजार, शौचालयलाई रु १५ लाख र खानेपानी आयोजनालाई रु सात लाख ४० हजारका दरले अनुदान उपलब्ध गराएको छ । यो अनुदान रकम कर र आयोजना व्यवस्थापन खर्चसहित अधिकतम हो । 

टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुनेगरी लागत अनुमान तयार पारिएको छ । वैदेशिक सहायता शीर्षकबाट दाताले प्रतिबद्धता जनाएको बजेट समयमा नआउँदा भवन निर्माण गरेको तीन महीनासम्म पनि भुक्तानी नपाएको कैलाश मावि दोवाका प्रअ शीरबहादुर गर्बुजाले बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिअन्तर्गत उपभोक्ता समितिमार्फत भवन निर्माण योजना कार्यान्वयन गर्ने कार्यविधि छ । गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग, उपभोक्ता समितिले गर्नुपर्ने काम ठेकेदारलाई दिने र ढिलासुस्ती मुख्य विद्यालय भवन पुनःनिर्माणमा देखिएका चुनौती हुन् ।