२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्समा शुक्रबारदेखि विद्यालय सञ्चालन हुने



अ+ अ-

एजेन्सी । माल्दिभ्सको राजधानी मालेमा एक महिनादेखि लगाइएको कफ्र्यु हटाइएपछि आजदेखि यहाँको बजार तथा शिक्षण संस्थाहरु खुल्ने भएका छन् । गत मार्च ४ तारिखदेखि माल्दिभ्सको राजधानी मालेमा कफ्र्यु लगाइएको थियो । यहाँको स्वास्थ्य सुरक्षा निकायले कोभिड १९ को संक्रमण बढेको भन्दै मालेमा कफ्र्यु आदेशको घोषणा गरेको थियो ।

राजधानी सहरमा लगाइएको कफ्र्यु गए रातिदेखि अन्त्य गरिएको यहाँको स्वास्थ्य सुरक्षा निकायले शुक्रबार जानकारी दिएको हो । बिहीबार साँझ प्रकाशन गरेको सूचनामा बिहीबार राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका लागि लागू गरिएको कफ्र्यु हटाइएको जनाइएको छ ।     

कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले गएको मार्च महिनाको ४ तारिखदेखि यहाँ कफ्र्यु लगाइएको थियो । आजदेखि कफ्र्यु हटेपछि यहाँका प्राथमिक विद्यालय, नर्सरीहरु, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पूनः सुचारु हुने भएका पनि बिहीबार साँझ प्रकाशन गरिएको सूचनामा जनाइएको छ ।  
   
यहाँको सरकारले अब राजधानी मालेमा यी सबै सेवा सञ्चालन गर्न दिए पनि कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी मापदण्डहरु भने पालना गर्नुपर्ने व्यवस्था गरेको छ । माल्दिभ्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्म करिब २४ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।