२ जेष्ठ २०८२, शुक्रबार
,
Latest
‘मेरो नछुटोस् है’ भनेर अर्थमन्त्रीसँग संसदमै कानेखुसी गर्नुपर्ने अवस्था छः उपसभापति वाग्ले  बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन सरकार, दल र व्यवस्थाप्रति जनतालाई विश्वास दिलाउन आवश्यकः प्रमेख सचेतक पाण्डे साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति गुरुङ नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष र उपसभामुख बिच द्विपक्षीय भेटवार्ता सङ्घीयता कार्यान्वयनसँग जोडिएका ४० बढी कानून पारित गर्ने कुरा सरकारको प्राथमिकतामाः गगन थापा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ: अध्यक्ष दाहाल निषेध गरेर लाने हो भने सरकारले भन्दियोस् कि हामी विद्रोहमा जान्छौं: राजेन्द्र लिङ्देन बैंकिङ–बीमा क्षेत्र मिलेर उत्पादन र उत्पादकत्व अभिवृद्धिमा लाग्नुपर्छ–का.मु. गभर्नर ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्षस्थानको आर्सनलले वल्भ्सलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले वल्भ्सलाई २–१ गोलले पराजित गरेको हो । घरेलु मैदान इमिरेट्समा आर्सनलले पहिलो हाफमै २ गोल गरेको थियो । तर, दोस्रो हाफमा थप गोल गर्न सकेन ।

खेलको छैटौं मिनेटमा नै बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । १३ औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डले गोल थप्दै आर्सनललाई २–० गोलले अघि बढाए । यता, खेलको ८६ औं मिनेटमा वल्भ्सका म्याथ्युस कुन्हाले गोल गरेपनि उनको गोल सान्त्वना गोल बन्यो ।

योसँगै शीर्षस्थानको आर्सनलको १४ खेलबाट ३३ अंक छ । वल्भ्स १५ अंकका साथ १३ औं स्थानमा छ ।