२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगः धनगढी र ललितपुरको बराबरी



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् ।

शनिबार दशरथ रङ्गशालामा सम्पन्न खेलमा धनगढी र ललितपुरले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

दुवै टिमले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे ।

बराबरीको नतिजा पछि पनि धनगढी लिगको शीर्ष स्थानमा यथावत छ । धनगढीले ३ खेलबाट ७ अङ्क जोडेको छ । दोस्रो स्थानको ललितपुरको २ खेलबाट ५ अङ्क छ ।

यसअघि आजै भएको अर्को झापा एफसी र पोखरा थन्डर्सबीचको खेल पनि १–१ गोलको बराबरीमा सकिएको थियो । दुबै टोलीले अंक बाँडेका छन् ।