२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगः धनगढी र ललितपुरको बराबरी



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् ।

शनिबार दशरथ रङ्गशालामा सम्पन्न खेलमा धनगढी र ललितपुरले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

दुवै टिमले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे ।

बराबरीको नतिजा पछि पनि धनगढी लिगको शीर्ष स्थानमा यथावत छ । धनगढीले ३ खेलबाट ७ अङ्क जोडेको छ । दोस्रो स्थानको ललितपुरको २ खेलबाट ५ अङ्क छ ।

यसअघि आजै भएको अर्को झापा एफसी र पोखरा थन्डर्सबीचको खेल पनि १–१ गोलको बराबरीमा सकिएको थियो । दुबै टोलीले अंक बाँडेका छन् ।