४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लगानी भित्र्याउन स्थानीय तहबीच प्रतिस्पर्धा हुनु सकारात्मकः वरिष्ठ उपाध्यक्ष ढकाल

लगानी भित्र्याउन स्थानीय तहबीच प्रतिस्पर्धा हुनु सकारात्मकः वरिष्ठ उपाध्यक्ष ढकाल
अ+ अ-

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय आफ्नो क्षेत्रमा लगानी भित्र्याउन स्थानीय सरकारबीच देखिएको प्रतिस्पर्धा सकारात्मक भएको बताउनुभएको छ । उहाँले स्थानीय तथा प्रदेश सरकारबीचको यस्तो प्रतिस्पर्धालाई निजी क्षेत्रले सकारात्मक र सुखद् संकेतको रुपमा लिएको बताउनुभयो ।  

कैलाली उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधारणसभालाई शनिबार धनगढीमा सम्बोधन गर्दै महासंघ वरिष्ठ उपाध्यक्ष ढकालले आफू विभिन्न जिल्लाका कार्यक्रममा जाँदा लगानीका लागि प्रदेश र स्थानीय सरकारबाटै आह्वान भइरहेको जानकारी दिनुभयो ।

“म हिजोमात्र वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा गएको थिएँ, त्यहाँ प्रदेश सरकार र वीरगञ्ज उपमहानगरपालिकाले लगानीका लागि आग्रह गर्नुभयो, यस्तै आग्रह मुलुकका धेरै स्थानबाट आइरहेको छ,” वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “यस्ता आग्रह र प्रस्तावलाई हामी निजी क्षेत्रले सकारात्मक रुपमा लिएका छौं ।”

ढकालले निजी क्षेत्रको नेतृत्व स्थानीय सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुहुँदै सुदूरपश्चिम प्रदेशभित्र कृषि, पर्यटन, उत्पादनमूलक तथा जडिबुटी प्रशोधन लगायतका क्षेत्रमा सम्भावनाका क्षेत्रमा आफूहरुले सहकार्य गर्न चाहेको जानकारी दिनुभयो ।

“स्थानीय र प्रदेश सरकारबाट सहजीकरण हुन सकेमा हामीले धेरै गर्न सक्छौं,” उहाँले भन्नुभयो । सुदूरपश्चिम ठूलो सम्भावना भएको क्षेत्र भएको र आफू बारम्बार आइरहने उल्लेख गर्दै व्यावसायिक साझेदारीको पनि सम्भावना रहेको बताउनुभयो ।

आईएमई समूहका अध्यक्षसमेत रहेका ढकालले आफू सहकार्यको सिद्धान्तको पक्षपाती भएको उल्लेख गर्नुहुँदै चिसापानीमा पर्यटकस्तरीय होटलसहित केबलकार लगानी अघि बढाइएको जानकारी दिनुभयो । अब उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आतुर रहेको पनि उहाँले बताउनुभयो ।

जिल्ला उद्योग वाणिज्य संघले ठूला उद्यमीसँग सहकार्यका लागि सहजीकरण गर्न सक्नुपर्ने उल्लेख गर्दै ढकालले महासंघ अध्यक्ष शेखर गोल्छासँग आफूले सुदूरपश्चिममा निजी क्षेत्रको संयुक्त लगानीका विषयमा आफूले छलफल गरेको र उहाँ सकारात्मक रहेको पनि जानकारी दिनुभयो ।

“प्रदेश तथा स्थानीय सरकारको तर्फबाट सहजीकरण गरिदिनु भयो भने छोटो समयमै देखिनेगरी काम गर्नेछौं,” उहाँले भन्नुभयो ।

धनगढी विमानस्थल निर्माणका क्रममा उद्योग वाणिज्य संघ र नेउवा महासंघको पहलको स्मरण गर्दै ढकालले प्रदेशका स्थानीयको एक एक रुपैयाँ सहभागितामा निर्माण भएको विमानस्थल यस क्षेत्रकै गौरव भएको धारणा पनि राख्नुभयो ।