२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

२४ घण्टायता देशका ७२८ स्थानमा डढेलो, ७७ जिल्लामध्ये ६० जिल्ला प्रभावित



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो समय नै मानिसको ज्यानै लिने डढेलो फैलिँदै गएको छ । विभिन्न वन क्षेत्रमा बढ्दो क्रममा रहेको डढेलोबाट मृत्यु हुनेको यकिन तथ्याङ्क सङ्कलन हुने क्रम जारी छ । मानिसको ज्यान लिने गरी २०६६ सालमा ने पालमा डढेलो लागे को थियो । त्यो बेला ४९ जनाको यसरी नै आगो निभाउने क्रममा ज्यान गएको थियो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख यता हालसम्म दुई हजार ३१३ वटा डढेलो सहितका भौतिक आगलागीका घटना भएका छन् ।

जसमा परेर ८६ जनाको मृत्यु भएको छ । ती घटनामा परे  ३५५ जना घाइते भएका छन् । यी घटनाका कारण एक अर्ब ७० लाख रुपियाँभन्दा बढीको नो सान भएको प्राधिकरणले जनाएको छ । पानी परेपछि करिब तीन दिन मत्थर भएको डढेलो र आगलागी पुनः बढेको हो । वन मन्त्रालयअन्तर्गत रहेको वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७२८ स्थानमा डढेलो र आगलागी भएका छन् ।

डढेलोबाट ७७ जिल्लामध्ये ६० जिल्ला प्रभावित बनेको जनाइएको छ । एउटै जिल्लामा पनि धेरै स्थानमा डढेलो लाग्दा कतिपय गाउँ नै खतरामा परेका छन् । जसअनुसार सबैभन्दा बढी सुर्खेतमा ६५ स्थानमा डढेलो लागेको छ । त्यसपछि चितवनमा ४८, डडेल्धुरामा ४७, दाङमा ४६, सल्यानमा ४१, प्युठानमा ३२, डोटीमा २८, कैलालीमा २७ र बाँकेमा २६ स्थानमा डढेलो र आगलागी भएका छन् ।

त्यस्तै कञ्चनपुरमा २५, मकवानपुरमा २१, पर्सामा १७, जाजरकोटमा १६, अर्घाखाँचीमा १५, खोटाङ/अछाममा १३÷१३, दैलेख र कपिलवस्तुमा १२र१२, नवलपुरमा ११ र सिन्धुलीमा १० स्थानमा डढेलो लागेको छ । राष्ट्रिय विपत् जो खिम न्यूनीकर ण तथा व्यवस् थापन प्राधिकर णका डढे लो विज्ञ सुन्दर शर्माका अनुसार अबको डेढ महिना नेपाल डढेलोको उच्च जोखिममा छ । गोरखापत्र दैनिकमा समाचार छ ।