४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा ज्यान गुमाएका नेपालीका परिवारले पाए इन्स्योरेन्सको ३ करोड ३३ लाख



अ+ अ-

काठमाडौं । अमेरिकाको न्यूजर्सी राज्यमा ज्यान गुमाएका नेपाली विष्णु शाहको परिवारले इन्स्योरेन्स बापतको २ लाख ५६ हजार ५ सय ६२ अमेरिकी डलर (तीन करोड तेत्तीस लाख बराबरको नेपाली रुपैयाँ) प्राप्त गर्नुभएको छ ।

टेक्सास नेपाली समाजका उपाध्यक्ष तथा न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीका वित्तीय इन्स्योरेन्स एजेन्ट जनक भण्डारीले मृतक शाहको परिवारलाई इन्स्योरेन्स बापतको २ लाख ५६ हजार ५ सय ६२ अमेरिकी डलर हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

शाहको निधनपछि उनको इन्स्योरेन्स भएको कम्पनी न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीले त्यसबापत रकम उनको परिवारलाई उपलब्ध गराइएको हो ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–६ स्थायी घर भएका शाहको हृदयाघातका कारण अमेरिकामा १७ जनवरी २०२३ मा निधन भएको थियो ।

शाह ९ वर्ष अगाडि अमेरिका पुगेका थिए । उनको परिवार हाल दाङको घोराही नगरपालिका वडा नम्बर १५ मा बस्दै आएको छ । कम्पनीले बीमा बापतको रकम नेपालमा रहेकी उनकी श्रीमती मिना शाहलाई उपलब्ध गराएको छ ।