२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘होसियार ! कतार प्रहरीका लागि कुनै माग आएको छैन’



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भनेर ठगी हुन सक्नेप्रति आम युवालाई सचेत गराएको छ । विभागले सोमबार विज्ञप्तिमार्फत कतार प्रहरीका लागि कतारस्थित नेपाली दूतावासबाट कुनै मागपत्र प्रमाणीकरण भएर नआएको भन्दै सम्भावित ठगीबाट बच्न सूचित गरेको हो । कतार प्रहरीमा सुरक्षाकर्मीमा पठाउने भन्दै युवासँग राहदानी लिने, अवैध अन्तर्वार्ता लिने जस्ता काम भएको भन्दै उजुरी विभागमा आएकाले यस विषयमा सचेत हुन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

कतार प्रहरीका लागि विभागबाट हाल कुनै पनि पूर्वस्वीकृति प्रदान गर्ने कार्य नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । विभागका अनुसार कतार प्रहरीमा पठाइदिने भन्दै राहदानीलगायतका कागजात सङ्कलन गर्ने, अन्तर्वार्ता लिने तथा रकम माग गर्नेलगायतका अवैध काम भइरहेको भन्ने गुनासो प्राप्त भइरहेको छ ।

कुन देशबाट कुन कामका लागि कति माग आएको छ भन्ने विषयमा विभागको वेबसाइटबाट हेर्न र यकिन गर्न सकिने भन्दै आधिकारिकता परीक्षण गरेर मात्र वैदेशिक रोजगारको प्रक्रियामा संलग्न हुन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ । गोरखापत्र दैनिकमा छ ।