२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो संस्करणको एनएसएल आजदेखि



अ+ अ-

काठमाडौँ । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ ।

आजको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र नयाँ टोली स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

त्यसअघि उद्घाटन समारोह हुनेछ । उद्घाटन समारोहमा विभिन्न सांगीतिक प्रस्तुति समेत राखिएको छ ।

काठमाडौंको मार्कीमा राष्ट्रिय टिमका फरवार्ड हिसुब थपलिया छन् भने मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन यथावत छन् ।

यस्तै पहिलो संस्करणमा काठमाडौंलाई उपाधि दिलाएका गोलकिपर विकेश कुथु यस पटक भने इलामको मार्की छन् । इलामको मुख्य प्रशिक्षकमा मेघराज केसी छन् । केसीले पहिलो सिजन भने एफसी चितवनको प्रशिक्षण सम्हालेका थिए ।

पहिलो संस्करणमा सात फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गरेका थिए । दोस्रो संस्करणमा तीन नयाँ टोली थपिएको थियो । यद्यपि, पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले भने दोस्रो संस्करण नखेल्ने भएसँगै ९ टोलीले यसपटकको एनएसएलमा प्रतिस्पर्धा गर्नेछन् ।

इलाम स्पोर्टिङ, झापा एफसी र वीरगञ्ज युनाइटेडले पहिलो पटक फ्रेन्चाइज लिग खेल्दैछन् । गत संस्करणको टोली काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटलव लुम्बिनी एफसी र धनगढी एफसीले दोस्रो संस्करणमा पनि प्रतिस्पर्धा गर्दैछन् ।




भर्खरै