२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो संस्करणको एनएसएल आजदेखि



अ+ अ-

काठमाडौँ । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ ।

आजको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र नयाँ टोली स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

त्यसअघि उद्घाटन समारोह हुनेछ । उद्घाटन समारोहमा विभिन्न सांगीतिक प्रस्तुति समेत राखिएको छ ।

काठमाडौंको मार्कीमा राष्ट्रिय टिमका फरवार्ड हिसुब थपलिया छन् भने मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन यथावत छन् ।

यस्तै पहिलो संस्करणमा काठमाडौंलाई उपाधि दिलाएका गोलकिपर विकेश कुथु यस पटक भने इलामको मार्की छन् । इलामको मुख्य प्रशिक्षकमा मेघराज केसी छन् । केसीले पहिलो सिजन भने एफसी चितवनको प्रशिक्षण सम्हालेका थिए ।

पहिलो संस्करणमा सात फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गरेका थिए । दोस्रो संस्करणमा तीन नयाँ टोली थपिएको थियो । यद्यपि, पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले भने दोस्रो संस्करण नखेल्ने भएसँगै ९ टोलीले यसपटकको एनएसएलमा प्रतिस्पर्धा गर्नेछन् ।

इलाम स्पोर्टिङ, झापा एफसी र वीरगञ्ज युनाइटेडले पहिलो पटक फ्रेन्चाइज लिग खेल्दैछन् । गत संस्करणको टोली काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटलव लुम्बिनी एफसी र धनगढी एफसीले दोस्रो संस्करणमा पनि प्रतिस्पर्धा गर्दैछन् ।