६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाविरुद्ध भारतको सबैभन्दा ठूलो रन चेज



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा भारत २ विकेटले विजयी भएको छ । टोलीले २० औं ओभरको अन्तिम बलमा ८ विकेट गुमाएर २०९ रनको लक्ष्य पुरा गरेको थियो ।

यो टी–मा अष्ट्रेलियाविरुद्ध भारतको सबैभन्दा ठूलो रन चेज हो । यसअघि सबैभन्दा सफल रन चेज २०२र४ थियो, जुन भारतले २०१३ मा राजकोटमा गरेको थियो ।

भारतका लागि कप्तान सूर्यकुमार यादवले ८० रन र इशान किशनले ५८ रनको इनिङ खेले । अन्तमा रिंकु सिंहले १४ बलमा २२ रन बनाए ।

विशाखापट्टनममा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ३ विकेट गुमाएर २०८ रन बनाएको थियो । टोलीका तर्फबाट जोस इंग्लिसले पहिलो शतक प्रहार गरे । उनले आफ्नो टी–२० करियरको पहिलो शतक बनाए । इंग्लिसका अलावा स्टिभ स्मिथले ५२ रनको योगदान दिए । दुवैले ६६ बलमा १३० रनको साझेदारी गरे ।

भारतीय इनिङ्सको अन्तिम ४ ओभरमा अचम्मको प्रतिस्पर्धा देखियो । यी ओभरमा भारतीय टोलीले ३८ रन बनाएर खेल जित्यो भने अष्ट्रेलियाका बलरले ४ विकेट लिएर खेलमा रोमाञ्चकता थपे ।

अन्तिम ओभरमा भारतलाई जितका लागि ७ रन चाहिएको थियो तर टोली नोबलमा विजयी भएको थियो । यद्यपि, इनिङ्सको अन्तिम बलमा रिंकु सिंहले छक्का प्रहार गरे पनि नोबल भएका कारण उनको रन बन्यो । शान एबोटको यो ओभरमा ३ विकेट झरे ।

भारतका लागि प्रसिद्ध कृष्ण र रवि बिश्नोईले एक एक विकेट लिए । एक ब्याट्सम्यान रनआउट भए ।