२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाविरुद्ध भारतको सबैभन्दा ठूलो रन चेज



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा भारत २ विकेटले विजयी भएको छ । टोलीले २० औं ओभरको अन्तिम बलमा ८ विकेट गुमाएर २०९ रनको लक्ष्य पुरा गरेको थियो ।

यो टी–मा अष्ट्रेलियाविरुद्ध भारतको सबैभन्दा ठूलो रन चेज हो । यसअघि सबैभन्दा सफल रन चेज २०२र४ थियो, जुन भारतले २०१३ मा राजकोटमा गरेको थियो ।

भारतका लागि कप्तान सूर्यकुमार यादवले ८० रन र इशान किशनले ५८ रनको इनिङ खेले । अन्तमा रिंकु सिंहले १४ बलमा २२ रन बनाए ।

विशाखापट्टनममा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ३ विकेट गुमाएर २०८ रन बनाएको थियो । टोलीका तर्फबाट जोस इंग्लिसले पहिलो शतक प्रहार गरे । उनले आफ्नो टी–२० करियरको पहिलो शतक बनाए । इंग्लिसका अलावा स्टिभ स्मिथले ५२ रनको योगदान दिए । दुवैले ६६ बलमा १३० रनको साझेदारी गरे ।

भारतीय इनिङ्सको अन्तिम ४ ओभरमा अचम्मको प्रतिस्पर्धा देखियो । यी ओभरमा भारतीय टोलीले ३८ रन बनाएर खेल जित्यो भने अष्ट्रेलियाका बलरले ४ विकेट लिएर खेलमा रोमाञ्चकता थपे ।

अन्तिम ओभरमा भारतलाई जितका लागि ७ रन चाहिएको थियो तर टोली नोबलमा विजयी भएको थियो । यद्यपि, इनिङ्सको अन्तिम बलमा रिंकु सिंहले छक्का प्रहार गरे पनि नोबल भएका कारण उनको रन बन्यो । शान एबोटको यो ओभरमा ३ विकेट झरे ।

भारतका लागि प्रसिद्ध कृष्ण र रवि बिश्नोईले एक एक विकेट लिए । एक ब्याट्सम्यान रनआउट भए ।

 




भर्खरै