३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: रियल र सिटीलाई अग्रता



रियल म्याड्रिडका खेलाडीहरू गोल गरेपछि खुशी साटासाट गर्दै ।
अ+ अ-

पेरिस । युरोपेली च्याम्पियन्स लिग अन्तिम आठको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले मंगलबार महत्त्वपूर्ण अग्रता लिएका छन् । रियलले लिभरपुललाई ३–१ ले हरायो ।

अल्फ्रेडो डि स्टाफानो मैदानमा भएको खेलमा रियलका लागि भिनिसियस जुनियनरले दुई तथा मार्को एसनसियोले एक गोल गरे । लिभरपुलका तर्फबाट मोहम्मद सलाहले एक गोल फर्काए ।
अब रियलले एनफिल्डमा गएर खेल्नेछ ।

सिटीले भने आफ्नो घरमा भएको खेलमा बोरुसिया डर्टमुन्डलाई २–१ ले हरायो । त्यसमा सिटीका लागि केभिन डे ब्रुन र फिल फोडेनले गोल गरे । डर्टमुन्डका तर्फबाट मार्को रुनेसले गोल फर्काए ।