२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: रियल र सिटीलाई अग्रता



रियल म्याड्रिडका खेलाडीहरू गोल गरेपछि खुशी साटासाट गर्दै ।
अ+ अ-

पेरिस । युरोपेली च्याम्पियन्स लिग अन्तिम आठको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले मंगलबार महत्त्वपूर्ण अग्रता लिएका छन् । रियलले लिभरपुललाई ३–१ ले हरायो ।

अल्फ्रेडो डि स्टाफानो मैदानमा भएको खेलमा रियलका लागि भिनिसियस जुनियनरले दुई तथा मार्को एसनसियोले एक गोल गरे । लिभरपुलका तर्फबाट मोहम्मद सलाहले एक गोल फर्काए ।
अब रियलले एनफिल्डमा गएर खेल्नेछ ।

सिटीले भने आफ्नो घरमा भएको खेलमा बोरुसिया डर्टमुन्डलाई २–१ ले हरायो । त्यसमा सिटीका लागि केभिन डे ब्रुन र फिल फोडेनले गोल गरे । डर्टमुन्डका तर्फबाट मार्को रुनेसले गोल फर्काए ।