२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युयोर्कको क्वीन्स भवनमा भीषण आगलागीबाट २१ जना घाइते



अ+ अ-

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित क्वीन्समा रहेको एक भवनमा मंगलबार भीषण आगलागी हुँदा २१ जना घाइते भएका छन् । 

३५० भन्दा बढी अग्निनियन्त्रक आगो निभाउनका लागि खटिएका थिए । घाइते हुनेमा १६ जना अग्निनियन्त्रक र पाँचजना सर्वसाधारण रहेको फायर डिपार्टमेन्ट अफ न्युयोर्कका डेपुटी असिस्टेन्ट चीफ माइकल गालाले बताउनु भयो । कसैलाई पनि गम्भीर चोटपटक भने लागेको छैन । 

उक्त भवनमा १५० वटा अपार्टमेन्ट छन् । आगोका कारण लगभग २४० जना विस्थापित भएको गालाले बताउनु भयो । रेडक्रसले विस्थापित परिवारलाई सहायता गरिरहेको छ । 

आगो छैटौं तल्लामा रहेको एक अपार्टमेन्टबाट शुरू भएको थियो । त्यसपछि त्यो क्रमशः माथिका तल्लाहरूमा चढ्दै गयो । 

आगो लागेको अपार्टमेन्टका मानिस ढोका खोलेर भागेपछि आगो फैलिएको बताइएको छ । आगोले भवनको एक भाग पूरै क्षतिग्रस्त पारेको छ । 

आगलागीको भिडियोमा ज्याकसन हाइट्समा रहेको रातो घरको छतबाट धूवाँ निस्किएको देखिन्छ । एजेन्सी ।