८ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमिन्सको बिहेका कारण अष्ट्रेलियाले विश्वकप जित्नसक्ने !



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ को फाइनल खेल आज आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुँदैछ । उपाधिका लागि आयोजक भारतले पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलियाको सामना गर्नेछ । भारत तेस्रो पटक च्याम्पियन बन्ने बाटोमा छ भने अष्ट्रेलिया छैटौं पटक उपाधि जित्न आतुर छ ।

अस्ट्रेलियाली टोली छैटौं पटक विश्व च्याम्पियन बन्न चाहन्छ र कप्तान प्याट कमिन्सले दोस्रो पटक आईसीसी ट्रफी उचाल्ने प्रयास गर्नेछन् । यसअघि प्याट कमिन्सको कप्तानीमा अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियन्स ट्रफीमा भारतलाई हराएर च्याम्पियन बनेको थियो । गत विश्वकपको रोचक तथ्यलाई हेर्दा कमिन्सको जित निश्चित देखिन्छ ।

वास्तवमा सन् २००३ देखि २०१९ सम्म विश्वकप जितेका तीन कप्तानको एक वर्षअघि नै विवाह भएको थियो । कमिन्सले पनि गत वर्ष अर्थात २०२२ मा आफ्नो साथी बेकी बोस्टनसँग विवाह गरेका थिए । यो संयोगको सूचीमा एमएस धोनीको नाम पनि समावेश छ । यो सूचीमा रिकी पोन्टिङको नाम पहिलो स्थानमा छ ।

अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले २२ जुन २००२ मा रियाना जेनिफर कान्टरसँग विवाह गरेका थिए । अर्को वर्ष अर्थात् २००३ मा उनले फाइनलमा भारतलाई हराएर एकदिवसीय विश्वकप ट्रफी जितेका थिए । जसमा दोस्रो नाम भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीको रहेको छ । धोनीले २०१० मा साक्षीसँग विवाह गरे र २०११ मा भारतलाई च्याम्पियन बनाए ।

यसैबीच, यो संयोग इंग्ल्याण्डका पूर्व कप्तान इयोन मोर्गनसँग पनि भएको छ । मोर्गनले ३ नोभेम्बर २०१८ मा विवाह गरे र सन् २०१९ मा न्युजिल्याण्डलाई हराएर इङ्गल्याण्ड पहिलो पटक विश्व च्याम्पियन बनेको थियो । अब यो संयोग प्याट कमिन्ससँग पनि हुनेछ, यदि आज अष्ट्ेलियाले भारतलाई हराउँदै विश्वकपको ट्रफि उचाल्छ भने ।




भर्खरै