२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक एफएम १५ औँ वर्षमा



अ+ अ-

काठमाडाैँ । ट्राफिक व्यवस्थापन, शान्ति, सुरक्षा र जनसरोकारका विषयमा आमनागरिकलाई सुसूचित गर्ने उद्देश्यले सञ्चालनमा आएको मेट्रो ट्राफिक एफएम १५ औँ वर्षमा प्रवेश गरेको छ ।

विसं २०६८ पुस २६ गते सञ्चालन अनुमति प्राप्त गरेको ट्राफिक एफएमले २०६९ जेठ २५ गतेदेखि परीक्षण प्रसारण र सोही वर्षको साउन ८ गतदेखि नियमित प्रसारणमा आएको हो । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि पूर्णरुपमा अवरुद्ध भएको ट्राफिक एफएम गत पुस २६ गतेदेखि पुनः सञ्चालनमा आएको छ ।

स्थापनाको समयमा ५०० वाट क्षमता रहेको सो एफएम अहिले १००० वाट क्षमतामा सञ्चालन भइरहेको छ । सो एफएम काठमाडौँ उपत्यकाका साथै नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोकको विभिन्न भूभाग र अनलाइनमार्फत विश्वभर सुन्न सकिन्छ । एफएम १५औँ वर्ष प्रवेश गरेको अवसरमा आज आयोजित कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बिहान ५ देखि राति १० बजेसम्म ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा सचेतना अभिवृद्धिमा क्रियाशील रहँदै आएको बताउनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ‘असल नागरिकलाई सिकाउनै पर्दैन…’ बोलको ट्राफिक जनचेतनामुलक गीत लोकार्पण गर्नुभएको थियो । त्यसअवसरमा ट्राफिक नियमसम्बन्धी विभिन्न जनचेतनामुलक श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक एफएमका विज्ञापनदाता, सहयोगी संस्था र उत्कृष्ट चालकलाई सम्मान गर्नुभएको थियो । ट्राफिक एफएमको वार्षिकोत्सवका अवसरमा बिहीबार उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा रक्तदान कार्यक्रम गरिएको थियो ।