• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ ★   सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन: कानूनमन्त्री गिरी ★   कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ? ★   गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुईवटा बैंकमा एक लाख १० हजार रुपैयाँ ★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति

कमिन्सको बिहेका कारण अष्ट्रेलियाले विश्वकप जित्नसक्ने !



एजेन्सी । विश्वकप २०२३ को फाइनल खेल आज आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुँदैछ । उपाधिका लागि आयोजक भारतले पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलियाको सामना गर्नेछ । भारत तेस्रो पटक च्याम्पियन बन्ने बाटोमा छ भने अष्ट्रेलिया छैटौं पटक उपाधि जित्न आतुर छ ।

अस्ट्रेलियाली टोली छैटौं पटक विश्व च्याम्पियन बन्न चाहन्छ र कप्तान प्याट कमिन्सले दोस्रो पटक आईसीसी ट्रफी उचाल्ने प्रयास गर्नेछन् । यसअघि प्याट कमिन्सको कप्तानीमा अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियन्स ट्रफीमा भारतलाई हराएर च्याम्पियन बनेको थियो । गत विश्वकपको रोचक तथ्यलाई हेर्दा कमिन्सको जित निश्चित देखिन्छ ।

वास्तवमा सन् २००३ देखि २०१९ सम्म विश्वकप जितेका तीन कप्तानको एक वर्षअघि नै विवाह भएको थियो । कमिन्सले पनि गत वर्ष अर्थात २०२२ मा आफ्नो साथी बेकी बोस्टनसँग विवाह गरेका थिए । यो संयोगको सूचीमा एमएस धोनीको नाम पनि समावेश छ । यो सूचीमा रिकी पोन्टिङको नाम पहिलो स्थानमा छ ।

अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले २२ जुन २००२ मा रियाना जेनिफर कान्टरसँग विवाह गरेका थिए । अर्को वर्ष अर्थात् २००३ मा उनले फाइनलमा भारतलाई हराएर एकदिवसीय विश्वकप ट्रफी जितेका थिए । जसमा दोस्रो नाम भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीको रहेको छ । धोनीले २०१० मा साक्षीसँग विवाह गरे र २०११ मा भारतलाई च्याम्पियन बनाए ।

यसैबीच, यो संयोग इंग्ल्याण्डका पूर्व कप्तान इयोन मोर्गनसँग पनि भएको छ । मोर्गनले ३ नोभेम्बर २०१८ मा विवाह गरे र सन् २०१९ मा न्युजिल्याण्डलाई हराएर इङ्गल्याण्ड पहिलो पटक विश्व च्याम्पियन बनेको थियो । अब यो संयोग प्याट कमिन्ससँग पनि हुनेछ, यदि आज अष्ट्ेलियाले भारतलाई हराउँदै विश्वकपको ट्रफि उचाल्छ भने ।