२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई विप्लवको चेतावनी: जनताको मुख थुनेर सत्ता टिक्छ भन्ने नसोच्नुस्



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको मुख थुनेर सत्ता नटिक्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले टिकटक प्रतिवन्ध लगाएको विषयबारे उहाँले सामाजिक सञ्जालमा प्रतिवन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभयो ।

उहाँले सामाजिक सञ्जालको प्रतिवन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताउनु भयो । उहाँले सत्ता जनताको मुख बन्द गरेर नभइ जनताको मन जितेर मात्रै टिक्ने बताउनु भयो । उहाँले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरुको चाँडै अन्त्य हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले बजारमा हल्ला छ, २०४७ सालको संविधान फर्किन्छ, देशमा राजतन्त्र आइहाल्छ । होइन । हिन्दुजम फेरि आउँछ, संघीयता समाप्त हुन्छ, २०४७ साल ल्याउनुपर्छ, हल्ला चलेको छ । मान्छेहरु कामेका पनि छन् । फेसबुक बन्द गरेर, लेख्न नदिएर, पत्रिका बन्द गरेर यो त निरंकुश व्यवस्थाको चरित्र हो नि त । हिजो पेपर बन्द गरिदिन्थ्यो । पञ्चायतले सेन्सर गर्दथ्यो, आफूले भनेअनुसार लेख, नत्र पाइँदैन भनेजस्तो । यसरी हुँदैन, कयौँ मानिसहरु आत्तिएको जस्तो, सत्ता पनि डग्मगाएको जस्तो । जनताको मन जितेर पो सा टिक्छ त । मान्छेको मुख बन्द गरेर सत्ता टिक्छ र ? जनतालाई असन्तुष्ट हुन दिने अनि सत्ता टिकाउँछु, भनेर हुन्छ त कसैले पनि सक्दैन । जुनसुकै शासकले त्यसरी सोच्छ भने त्यसको अन्त्य हुन्छ । आत्तिनुपर्दैन ।’

महासचिव चन्दले देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गर्नुभयो । उहाँले देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको बताउनु भयो । उहाँले सम्पूर्ण कम्युनिष्टहरु एक ठाउँमा उभनुपर्ने बताउनु भयो ।