• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

शनिबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको तीन दिने घरदैलो अभियान



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी गराउने मतदाताहरुको सम्मानमा घरदैलो कार्यक्रम गर्दैछ । यो कार्यक्रम आगामी मंसिर २, ३ र ४ गते हुनेछ ।

निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा मतदातालाई धन्यवाद दिन मंसिर ४ गतेको निर्वाचनमा उम्मेदवार भएका सबैजना आ आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने तयारी रास्वपाले गरेको छ । संसदमा रास्वपाका २१ सांसद र पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य छन् । गत निर्वाचनमा रास्वपाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १३१ र समानुपातिकमा १०७ जना उम्मेदवार उठाएको थियो ।

रास्वपा सभापति रवि लामिछानेले न्युजपोलारसंग भन्नुभयो, ‘निर्वाचनमा मत माग्न गएजस्तै घर–घर टोल–टोलमा गएर धन्यवाद दिने र हामी प्रतिबद्धतामा अडिक छौँ भन्ने सन्देश दिनेछौं । उहाँले अगाडि भन्नुभयो, प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासा र सुझाव सुन्न घरदैलोमा जान लागेका हौं ।”

यही कात्तिक २३ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको थियो । २०७९ असार ७ मा स्थापना भएको रास्वपाले ६ महिना नपुग्दै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ स्थानमा विजयी हुनुका साथै समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत प्राप्त गरी १४ सांसद विजयी भएका थिए ।