• १ श्रावण २०८१, मंगलवार
  •      Tue Jul 16 2024
  •   Unicode
Logo
Latest
★   सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान,नवलपुरमा आज थप चार शव भेटिए ★   पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत ★   पशुपति कोटीहोम महायज्ञ सुरु ★   वनमा छाडिएका वृद्धको उद्धार ★   विधिपूर्वक मनाइयो साउने (कर्कट) सङ्क्रान्ति ★   परराष्ट्रमन्त्री डा राणाको नीति: राष्ट्रियता र ‘नेपाल फर्स्ट’ ★   सुरु भयो नवौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यी हुन् आवेदन दिने अवार्डका १४ विधाहरु ★   साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम ★   बैंकरलाई अर्थमन्त्रीको ढाडस-विश्वास बोकेर फर्किनुस्, सरकार तपाईंहरूसँगै छ ★   स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छ: अध्यक्ष ढकाल

हङकङसँग नौ विकेटले पराजित भएसँगै नेपाल उपाधिको रेसबाट बाहिरियो



काठमाडौँ । चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गतको दोस्रो खेलमा नेपााल हङकङसँग नौ विकेटले पराजित भएको छ ।

नेपालले दिएको सामान्य ५७ नको लक्ष्य हङकङले ९ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । हङकङको लागि नतासा माईल्स ३० रनमा अविजित रहिन् । यस्तै, शानजिन शेहजाद २० रनमा नटआउट रहदा मारीको हिलले ५ रन बनाईन् ।

हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले खेलको १८ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन बनाएको थियो । नेपालको लागि रविना क्षेत्रीले सर्वाधिक २५ रन बनाएकी थिईन् । उनले ३० बलमा ४ चौकाको मद्दतमा २५ रन बनाएकी हुन् । रविनाबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

सीता रानामगरले ९ रन जोडिन् भने रोमा थापाले ७ रन बनाइन् । त्यस्तै नेपालले पाँच रनको कूल स्कोर जोड्दा चार विकेट गुमाएको थियो । नेपालले पहिलो विकेटका रूपमा ओपनर पूजा महतोलाई गुमाएको थियो । पूजा आठ बलमा चार रन जोड्दै आउट भएकी हुन् ।

बलिङतर्फ हङकङकी लक्रा साहरले तीन विकेट लिएकी थिईन् भने रुचिथा भेनकातेसले दुई विकेट झारिन् । त्यस्तै बेटृी चान, मरिको हिल र करि चानले समान एकरएक विकेट लिए ।

जारी शृंखलामा सहभागी चारवटै टोलीले दुई—दुई खेल खेलिसक्दा सतप्रतिशत नतिजा निकालेको हङकङचार अंकसहित पहिलो र समान अंक जोडेको तान्जनिया दोस्रो स्थानमा आसिन छन् । नेट रन रेटमा तान्जनियाभन्दा हङकङ अगाडि छ । हालसम्म खाता खोल्न नसकेको नेपाल तेस्रो र जापान चौथो स्थानमा छन् ।

नेपालले अब तेस्रो खेल शनिबार जापानसँग खेल्नेछ । सोही दिन तान्जनिया र हङकङबिच अर्को खेल हुनेछ । नेपाल र जापान  उपाधि होडबाट बाहिरिइसकेकाले यी दुई टोलीले अब तेस्रो र चौथो स्थानका लागि आइतबार भिड्नेछन् । यस्तै,  तान्जनिया र हङकङले पनि पहिलो र दोस्रो स्थानका लागि आइतबार नै खेल्नेछन् ।