१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

परराष्ट्रमन्त्री डा राणाको नीति: राष्ट्रियता र ‘नेपाल फर्स्ट’

परराष्ट्रमन्त्री डा राणाको नीति: राष्ट्रियता र ‘नेपाल फर्स्ट’
अ अ+ अ-

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको विदेशी नीति तथा परराष्ट्र सम्बन्धलाई थप सुदृढ गर्दै लैजाने बताएकी छिन् । उनले नेपालले विगतदेखि नै अंगाल्दै आएको पञ्चशीलमा आधारित परराष्ट्र नीतिको अंगिकार गर्दै यसै अन्तर्गत नेपालको राष्ट्रियतालाई थम मजबुद गर्दै लैजाने बताएकि हुन् । यसैमार्फत् आफूले खासगरी ‘नेपाल फर्स्ट’ अर्थात् (पहिला नेपाल) भन्ने नीतिलाइ आफूले अघि सार्ने बताइन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गरेपछि आफ्ना प्राथमिकताका बारेमा कुराकानी गर्दै मन्त्री डा राणाले आफूले नेपालको परराष्ट्र नीतिमा सन्तुलन कायम गर्दै छिमेकी राष्ट्रहरुसँगका साथै नेपालको कूटनीतिक सम्बन्ध कायम रहेका सबै देशहरुसँगको सम्बन्धलाई थप बलियो र सुमधुर गराउँदै लैजाने बताइन् ।
उनले भनिन् ‘म पार्टीबाट आए पनि हाम्रो परराष्ट्र नीति एउटै छ । मैले अघि बढाउने नेपाल फस्र्ट् नीति हो । यसलाई मध्यनजर गरेर काम अघि बढाउँछु । नेपालको विदेश नीति एवं विदेश सम्बन्धलाई थप मजबुद बनाउँदै लैजानेछु ।’

आफूले देशको परराष्ट्र मन्त्रीजस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारी प्राप्त गरेको उल्लेख गर्दै मन्त्री डा राणाले भनिन्– नेपालका वीर पुर्खा तथा पूर्वजहरुले अहिलेसम्म बचाएर ल्याएको र कसैको पराधीन हुन नपरेको नेपालको गर्बिलो इतिहासलाई अब आउने पिँढीले समेत थप गर्ब गर्न लायक काम गरी नेपालको राष्ट्रिताको संरक्षण र सम्बद्र्धन गर्दै नेपाल प्रथमको नीतिमार्फत् म अघि बढ्नेछु र यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेकी छु ।

विश्वमा भइरहेको भूराजनीतिक परिवर्तनका सन्दर्भमा स्वतन्त्र राष्ट्रका रूपमा निरन्तर काम गर्ने उनको भनाइ थियो । ‘हाम्रो देशको समृद्धिमा परराष्ट्रको भूमिका छ । हाम्रो विविध एवं बहुआयामिक प्रकृतिको अन्तर्राष्ट्रिय सम्बन्ध छ । संयुक्त राष्ट्रसंघ र दौत्य सम्बन्ध भएका देशहरूको सहकार्यलाई अझै मजबुत तरिकाले अगाडि बढाउनुपर्ने अवस्था छ । त्यसैले यो सबै अवस्थालाई मध्यनजर गरेर जिम्मेवार रुपमा पञ्चशीलका सिद्धान्तको मूल्य मान्यताभित्र रहेरै मैले परराष्ट्र नीति अगाडि बढाउनेछु’ उनले भनिन् ।

नेपाल दुर्ई ठूला छिमेकीको बीचमा रहेकाले यसको भूराजनीतिक संवेदनशीलतालाई मध्यनजर गर्दै हाम्रो आफ्नो राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखेर नै आफू अघि बढ्ने पनि जानकारी दिइन् । ‘हाम्रो आर्थिक कुटनीति पनि अगाडि बढिरहेको छ । तर किन हो विश्वमञ्चमा हाम्रो उपस्थिति अहिले आएर कमजोर देखिन्छ । हामी किन यी मञ्चहरुमा बलियोगरी उपस्थिति दर्शाउन सकिरहेका छैनौँ भन्ने बारेमा पनि अब हामीले समिक्षा गर्नुपर्छ र हामीसँग रहेको एकसे एक जनशक्ति एवं विज्ञतालाई सक्दो प्रयोग गरेर उनीहरुसँग सहकार्य गरेर हामी अघि बढ्नुपर्ने आवश्यकता छ’ उनले भनिन् ।

विदेशमा विभिन्न पेसा व्यवसायमा रहेका नेपालीहरूलाई सेवामा सरलीकृत गरी उनीहरुलाई दिइने सेवालाई थप सहज बनाउनका लागि आफूले नियोगको स्तरोन्नति, जनशक्ति थप्नेसहित सिस्टमको रिफ्रेमका लागि भूमिका खेल्ने बताइन् ।

मन्त्री डा राणाले कर्मचारीहरुलाई निर्देशन दिँदै परिणाममुखी व्यवस्थापनमा लाग्न आग्रह पनि गरिन् । ‘ मेरो जोड त परिणाममुखी व्यवस्थापनमा बढी मात्रामा हुनेछ । उनले भनिन् ‘म सधैँ टार्गेट लिएर काम गर्न रुचाउने मान्छे हुँ र यहाँहरुलाई पनि मेरो आग्रह यो रहन्छ कि हामीले आफ्ना कामलाई परिणाममुखी बनाउँ र हाम्रो काम र कर्तव्यलाई लक्ष्य र समय तोकेरै अघि बढायौँ भने यसबाट त्यो कार्य परिणममुखी बन्न सक्नेछ ।

मन्त्रालयमा कामका फाइलहरु अघि बढ्दैनन् भन्ने कुरा आफूले सुन्ने गरेको प्रसंग उल्लेख गर्दै मन्त्री डा राणाले जुनसुकै मन्त्रालयले पनि सुशासन कायम गर्नका लागि सबैभन्दा पहिला समयमा काम सक्नुपर्ने हुन्छ र त्यो नै जनताले पाउने डेलिभरी पनि भएकाले कामलाई महत्वकासाथ हेर्न सबै कर्मचारीहरुलाई आग्रह पनि गरिन् ।
हामीलाई त्यो कामका लागि चाहिने ऐन कानुन छ, तर समयमा काम हुँदैन । फाइल आयो, तर अगाडि बढेन भन्ने गुनासो छ । म चाहन्छु रिजल्टबेस्ड म्यानेजमेन्ट हुनुपर्छ,’ उनले भनिन् ।रासस