१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 1.54

Humidity: 64

Latest
कर वृद्धिमा कुनै पनि देशलाई छोड्दैनौँः अमेरिकी राष्ट्रपति ट्रम्प केटी पेरी महिला उडानमा अन्तरिक्षमा उडान भर्न तयार शिक्षक आन्दोलनको १३ दिनः सरकार र शिक्षक दुवै नैतिक दबाबमा बलियो सरकारको बजेट कार्यान्वयन फितलो, अबको तीन महीनामा ८ खर्ब ६२ अर्ब बजेट खर्च होला… एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’बाट सम्मान गर्ने समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासबाट अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ: पूर्व राष्ट्रपति भण्डारी कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता नयाँ वर्षमा काठमाडौंसहित देशभर चहलपहल बढ्दो शिक्षक आन्दोलनको १३ दिनः सरकार र शिक्षक दुवै नैतिक दबाबमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा राणाको नीति: राष्ट्रियता र ‘नेपाल फर्स्ट’



अ+ अ-

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको विदेशी नीति तथा परराष्ट्र सम्बन्धलाई थप सुदृढ गर्दै लैजाने बताएकी छिन् । उनले नेपालले विगतदेखि नै अंगाल्दै आएको पञ्चशीलमा आधारित परराष्ट्र नीतिको अंगिकार गर्दै यसै अन्तर्गत नेपालको राष्ट्रियतालाई थम मजबुद गर्दै लैजाने बताएकि हुन् । यसैमार्फत् आफूले खासगरी ‘नेपाल फर्स्ट’ अर्थात् (पहिला नेपाल) भन्ने नीतिलाइ आफूले अघि सार्ने बताइन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गरेपछि आफ्ना प्राथमिकताका बारेमा कुराकानी गर्दै मन्त्री डा राणाले आफूले नेपालको परराष्ट्र नीतिमा सन्तुलन कायम गर्दै छिमेकी राष्ट्रहरुसँगका साथै नेपालको कूटनीतिक सम्बन्ध कायम रहेका सबै देशहरुसँगको सम्बन्धलाई थप बलियो र सुमधुर गराउँदै लैजाने बताइन् ।
उनले भनिन् ‘म पार्टीबाट आए पनि हाम्रो परराष्ट्र नीति एउटै छ । मैले अघि बढाउने नेपाल फस्र्ट् नीति हो । यसलाई मध्यनजर गरेर काम अघि बढाउँछु । नेपालको विदेश नीति एवं विदेश सम्बन्धलाई थप मजबुद बनाउँदै लैजानेछु ।’

आफूले देशको परराष्ट्र मन्त्रीजस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारी प्राप्त गरेको उल्लेख गर्दै मन्त्री डा राणाले भनिन्– नेपालका वीर पुर्खा तथा पूर्वजहरुले अहिलेसम्म बचाएर ल्याएको र कसैको पराधीन हुन नपरेको नेपालको गर्बिलो इतिहासलाई अब आउने पिँढीले समेत थप गर्ब गर्न लायक काम गरी नेपालको राष्ट्रिताको संरक्षण र सम्बद्र्धन गर्दै नेपाल प्रथमको नीतिमार्फत् म अघि बढ्नेछु र यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेकी छु ।

विश्वमा भइरहेको भूराजनीतिक परिवर्तनका सन्दर्भमा स्वतन्त्र राष्ट्रका रूपमा निरन्तर काम गर्ने उनको भनाइ थियो । ‘हाम्रो देशको समृद्धिमा परराष्ट्रको भूमिका छ । हाम्रो विविध एवं बहुआयामिक प्रकृतिको अन्तर्राष्ट्रिय सम्बन्ध छ । संयुक्त राष्ट्रसंघ र दौत्य सम्बन्ध भएका देशहरूको सहकार्यलाई अझै मजबुत तरिकाले अगाडि बढाउनुपर्ने अवस्था छ । त्यसैले यो सबै अवस्थालाई मध्यनजर गरेर जिम्मेवार रुपमा पञ्चशीलका सिद्धान्तको मूल्य मान्यताभित्र रहेरै मैले परराष्ट्र नीति अगाडि बढाउनेछु’ उनले भनिन् ।

नेपाल दुर्ई ठूला छिमेकीको बीचमा रहेकाले यसको भूराजनीतिक संवेदनशीलतालाई मध्यनजर गर्दै हाम्रो आफ्नो राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखेर नै आफू अघि बढ्ने पनि जानकारी दिइन् । ‘हाम्रो आर्थिक कुटनीति पनि अगाडि बढिरहेको छ । तर किन हो विश्वमञ्चमा हाम्रो उपस्थिति अहिले आएर कमजोर देखिन्छ । हामी किन यी मञ्चहरुमा बलियोगरी उपस्थिति दर्शाउन सकिरहेका छैनौँ भन्ने बारेमा पनि अब हामीले समिक्षा गर्नुपर्छ र हामीसँग रहेको एकसे एक जनशक्ति एवं विज्ञतालाई सक्दो प्रयोग गरेर उनीहरुसँग सहकार्य गरेर हामी अघि बढ्नुपर्ने आवश्यकता छ’ उनले भनिन् ।

विदेशमा विभिन्न पेसा व्यवसायमा रहेका नेपालीहरूलाई सेवामा सरलीकृत गरी उनीहरुलाई दिइने सेवालाई थप सहज बनाउनका लागि आफूले नियोगको स्तरोन्नति, जनशक्ति थप्नेसहित सिस्टमको रिफ्रेमका लागि भूमिका खेल्ने बताइन् ।

मन्त्री डा राणाले कर्मचारीहरुलाई निर्देशन दिँदै परिणाममुखी व्यवस्थापनमा लाग्न आग्रह पनि गरिन् । ‘ मेरो जोड त परिणाममुखी व्यवस्थापनमा बढी मात्रामा हुनेछ । उनले भनिन् ‘म सधैँ टार्गेट लिएर काम गर्न रुचाउने मान्छे हुँ र यहाँहरुलाई पनि मेरो आग्रह यो रहन्छ कि हामीले आफ्ना कामलाई परिणाममुखी बनाउँ र हाम्रो काम र कर्तव्यलाई लक्ष्य र समय तोकेरै अघि बढायौँ भने यसबाट त्यो कार्य परिणममुखी बन्न सक्नेछ ।

मन्त्रालयमा कामका फाइलहरु अघि बढ्दैनन् भन्ने कुरा आफूले सुन्ने गरेको प्रसंग उल्लेख गर्दै मन्त्री डा राणाले जुनसुकै मन्त्रालयले पनि सुशासन कायम गर्नका लागि सबैभन्दा पहिला समयमा काम सक्नुपर्ने हुन्छ र त्यो नै जनताले पाउने डेलिभरी पनि भएकाले कामलाई महत्वकासाथ हेर्न सबै कर्मचारीहरुलाई आग्रह पनि गरिन् ।
हामीलाई त्यो कामका लागि चाहिने ऐन कानुन छ, तर समयमा काम हुँदैन । फाइल आयो, तर अगाडि बढेन भन्ने गुनासो छ । म चाहन्छु रिजल्टबेस्ड म्यानेजमेन्ट हुनुपर्छ,’ उनले भनिन् ।रासस