• ९ भाद्र २०८१, आईतवार
  •      Sun Aug 25 2024
  •   Unicode
Logo
Latest
★   अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध ★   दोरम्बा–शैलुङमा गएको पहिरोमा २ जनाको मृत्यु, ८ बेपत्ता ★   पूर्वप्रधानन्यायाधीश पराजुलीको सुझाव, २७ अर्बमा २७ सय गड्यौला मल कारखाना, त्यसपछि मलमा आत्मनिर्भर ★   बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति ★   महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस चितवनको घुमाउनेमा दुर्घटना ★   गण्डकी महासभाको ३०औँ शृङ्खला पञ्चकोटमा ★   साफ यु–२० च्याम्पियनसिपको फाइनल पुग्न नेपालले आज भुटानसँग खेल्दै ★   एभर्टनमाथि टोटेनहमको सहज जित, लेस्टर सिटी फुलहमसँग पराजित ★   रामेछापको दोरम्बामा पहिरो, ११ जना बेपत्ता ★   बार्सिलोना विजयी

विधिपूर्वक मनाइयो साउने (कर्कट) सङ्क्रान्ति



काठमाडौँ : असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छालासम्बन्धी रोग नलागोस् भन्ने कामनाले आज साँझ घरघरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ ।

नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजागरी बेलुकी अगुल्टो फाल्ने विधि छ । यसलाई लुतो फाल्ने भनिन्छ । यो विधि साउने सङ्क्रान्तिको बेलुकी सम्पन्न गरिन्छ ।

अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइएको हो ।

दक्षिणायन सुरु

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरू हुन्छ । माघ १ गते उत्तरायण र साउन १ गते सुरू हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाउने गरिन्छ । एक महिना काम गरेका किसानले साउन १ गते आज आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् ।

साउन महिना विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरेको पनि धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

यस महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ । साउन शिवजीको मास र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गरेको हो ।

यस अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपति क्षेत्रमा आजैदेखि कोटीहोम र शिवपुराणको पाठ पारायण पनि सुरू भएको छ ।रासस