२० श्रावण २०८३, बुधबार
,
Latest
पहिराले नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा अवरुद्ध अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत बीजक लिन–दिन आन्तरिक राजस्व विभागको आग्रह नेपाली मौलिक स्वादको प्रवर्द्धनमा समर्पित ‘सेफ’ मन्त्रालयले भन्यो– एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ बेनी–जोमसोम सडक रातिमा बन्द बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङसँग नौ विकेटले पराजित भएसँगै नेपाल उपाधिको रेसबाट बाहिरियो



अ+ अ-

काठमाडौँ । चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गतको दोस्रो खेलमा नेपााल हङकङसँग नौ विकेटले पराजित भएको छ ।

नेपालले दिएको सामान्य ५७ नको लक्ष्य हङकङले ९ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । हङकङको लागि नतासा माईल्स ३० रनमा अविजित रहिन् । यस्तै, शानजिन शेहजाद २० रनमा नटआउट रहदा मारीको हिलले ५ रन बनाईन् ।

हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले खेलको १८ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन बनाएको थियो । नेपालको लागि रविना क्षेत्रीले सर्वाधिक २५ रन बनाएकी थिईन् । उनले ३० बलमा ४ चौकाको मद्दतमा २५ रन बनाएकी हुन् । रविनाबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

सीता रानामगरले ९ रन जोडिन् भने रोमा थापाले ७ रन बनाइन् । त्यस्तै नेपालले पाँच रनको कूल स्कोर जोड्दा चार विकेट गुमाएको थियो । नेपालले पहिलो विकेटका रूपमा ओपनर पूजा महतोलाई गुमाएको थियो । पूजा आठ बलमा चार रन जोड्दै आउट भएकी हुन् ।

बलिङतर्फ हङकङकी लक्रा साहरले तीन विकेट लिएकी थिईन् भने रुचिथा भेनकातेसले दुई विकेट झारिन् । त्यस्तै बेटृी चान, मरिको हिल र करि चानले समान एकरएक विकेट लिए ।

जारी शृंखलामा सहभागी चारवटै टोलीले दुई—दुई खेल खेलिसक्दा सतप्रतिशत नतिजा निकालेको हङकङचार अंकसहित पहिलो र समान अंक जोडेको तान्जनिया दोस्रो स्थानमा आसिन छन् । नेट रन रेटमा तान्जनियाभन्दा हङकङ अगाडि छ । हालसम्म खाता खोल्न नसकेको नेपाल तेस्रो र जापान चौथो स्थानमा छन् ।

नेपालले अब तेस्रो खेल शनिबार जापानसँग खेल्नेछ । सोही दिन तान्जनिया र हङकङबिच अर्को खेल हुनेछ । नेपाल र जापान  उपाधि होडबाट बाहिरिइसकेकाले यी दुई टोलीले अब तेस्रो र चौथो स्थानका लागि आइतबार भिड्नेछन् । यस्तै,  तान्जनिया र हङकङले पनि पहिलो र दोस्रो स्थानका लागि आइतबार नै खेल्नेछन् ।