२० श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा अवरुद्ध



अ+ अ-

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरुआत गरिएको जानकारी दिनुभयो । यसका लागि डिभिजन सडक कार्यालयसँग समन्वय गरिएको छ ।