८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

महान्याधिवक्ता पोखरेलको कार्यकालमा भए यस्ता काम

महान्याधिवक्ता पोखरेलको कार्यकालमा भए यस्ता काम
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै महान्याधिवक्ता डा दीनमणि पोखरेलले राजीनामा दिनुभएको छ ।

निर्वमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कानुनी सल्लाहकार डा पोखरेलले आजै प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपतिसमक्ष दिनुभएको राजीनामा स्वीकृत भइसकेको छ ।

महान्याधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्रीले अनुकूल हुनेगरी महान्याधिवक्ता नियुक्त गर्ने र सरकार परिवर्तन भएमा पदबाट राजीनामा दिने परम्परा छ ।

सोहीअनुसार निवर्तमान प्रधानमन्त्री दाहालले विसं २०७९ पुस १३ गते डा पोखरेलाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो । अर्को सरकार बनेपछि आज उहाँले पदबाट राजीनामा दिनुभयो । डा पोखरेले एक वर्ष छ महिना १७ दिनमा महान्याधिवक्तका रूपमा काम गर्नुभयो ।

यस अवधिमा सरकारी वकिलको सेवा शर्तसम्बन्धी कानुनको मस्यौदा तयार गरिएको, सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याइएको छ । अनुसन्धान तथा अभियोजनसम्बन्धी निर्देशिका, कसुरसम्बन्धी मुद्दाको अनुसन्धान एवं अभियोजनसम्बन्धी काम कारबाहीलाई सरल, स्पष्ट र सुव्यवस्थित गर्न महान्याधिवक्ताको राय लिइ नेपाल सरकारले निर्देशिका बनाई लागू गर्नसक्ने कानुनी व्यवस्था छ ।

यस्तै आत्महत्या एवं प्रतिवादी नहुने प्रकृतिका अन्य ज्यान मुद्दा, वारदातबाट कसुर भएको देखिएको तर प्रतिवादी खुल्न नआएका अन्य मुद्दा र प्रतिवादी खुलेको भए पनि निजको मृत्यु भइसकेको मुद्दामा मुद्दा नचलाउने अन्तिम निर्णय जिल्ला सरकारी वकिल कार्यालयको प्रमुख वा सो हैसियतमा काम गर्ने सरकारी वकिलले गर्ने उहाँको कार्यकालमा व्यवस्था भएको छ ।

दण्डका सुधारात्मक उपायको कार्यान्वयन गर्न प्रोवेशन तथा प्यारोलसम्बन्धी नीति, २०८० तर्जुमागरी स्वीकृतिका लागि नेपाल सरकारसमक्ष सिफारिस गरिएको छ भने कैदीलाई प्रोवेशन तथा प्यारोलमा राख्ने मापदण्ड तथा प्रोवेशन तथा प्यारोलमा छुट्ने कसुरदारले पालना गर्नुपर्ने शर्त २०८० कात्तिक १ गतेदेखि लागू भइसकेको छ ।

मापदण्ड कार्यान्वयन मार्गदर्शन हुनेगरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ४९ बमोजिम प्यारोल अधिकृतको नियुक्ति नभएसम्मका लागि सम्बन्धित कारागार प्रशासकलाई प्रोवेशन अधिकारी तोकेको हुने व्यवस्थालगायत काम डा पोखरेलको कार्यकालमा भएका छन् । रासस